प्रेरणा

‘राम्रो कर्मले मात्र हुँदैन, धार्मिकता र ईश्वर भक्तिपनि अपरिहार्य’

काठमाडौँ । मनुष्यको राम्रो-नराम्रो भावको कारण मृतात्मालाई पनि राम्रो र नराम्रो मानिएको हो । जहाँ राम्रो मृतात्माको बास हुन्छ, त्यसलाई पितृलोक र नराम्रो आत्माको बास हुन्छ भने प्रेतलोक आदि भनिन्छ ।

राम्रो-नराम्रो स्वभावको आत्मा यस्ता व्यक्तिको खोजी गर्दछन जसले उनको वासनाको पूर्ति गर्न सक्दछ । नराम्रो आत्माले तिनलाई खोज्छन जो कुकर्मी, अधर्मी, वासनामय जीवन जीउने हुन्छन् । त्यसपछि ति आत्माहरु ति व्यक्तिका गुण, कर्म, स्वभाव अनुसार आफ्नो इच्छाहरु पूर्ति गर्दछन् ।

कर्मकाण्ड पण्डितहरुका अनुसार, जुन मानसिकता, प्रवृत्ति, कुकर्म, सत्कर्म आदिका व्यक्ति हुन्छन् सोहि अनुरुप आत्मा उनीहरुमा प्रवेश गर्दछन् । अधिकांशतः मानिसहरुलाई यो थाहा हुँदैन । राम्रा आत्मा राम्रा कर्म गर्नेहरुको माध्यमबाट तृप्त भएर उसलाई पनि तृप्त पार्दछन् । तर नराम्रा आत्मा नराम्रो कर्म गर्नेबाट तृप्त भएर नराम्रो गर्नको लागि प्रेरित गर्दछन् । यसकारण धर्मनुसार राम्रो कर्मसँगै धार्मिकता र ईश्वर भक्तिपनि हुनु जरुरी हुन्छ र मात्र तपाईं दुबै प्रकारको आत्माबाट बच्न सक्नुहुन्छ ।

धर्मको नियम अनुसार जो व्यक्ति तिथि र पवित्रतालाई मान्दैनन्, जो ईश्वर, देवता र गुरुको अपमान गर्छन् र पाप कर्म गर्दा केहि सोच्दैनन्, जहिल्यै आफ्नो बारेमा मात्र सोच्ने व्यक्ति सजिलैसँग भूतको चंगुलमा पर्न सक्छन् ।

यसमध्ये केहि व्यक्तिलाई थाहा पनि हुँदैन कि उनमा शासन गर्ने कुनै भूत छ भनेर । जो व्यक्तिको मानसिक शक्ति कमजोर हुन्छ उनीहरुमा भूतले सिधा शासन गर्दछ । जो व्यक्ति रातिको कर्म र अनुष्ठान गर्दछ र जो निशाचारी छ, उसले सजिलैसँग भूतको शिकार बन्न सक्छ । हिन्दू धर्मनुसार, कुनैपनि प्रकारका धार्मिक र मांगलिक कार्य राति गरिँदैन । रातिको कर्म केवल भूत, पिशाच, प्रेतयोनि र राक्षसको लागि हुन्छ ।

पण्डितहरुका अनुसार, यदि जो व्यक्तिलाई वाध्यतामा राति जागा बस्नुपर्ने भएमा उनीहरुले पनि हनुमान चालिसा, गायत्री मन्त्रको जप गर्नु आवश्यक छ । यो जानकारीमा हाम्रो दावी भने छैन ।

गाउँ सहर डेस्क

तपाईँको मत