स्वास्थ्य

“मधुमेह र उच्च रक्तचापले मानिसको सोच्ने क्षमता घटाइरहेको छ”

काठमाडौँ । डायबिटीज (मधुमेह) र हाइ ब्लड प्रेसर (उच्च रक्तचाप) ले मष्तिस्कको संरचना परिवर्तन गरिरहेको छ । यसकारण मानिसको सोच्ने क्षमता र स्मरणशक्ति दुबै घटिरहेको छ ।

यो दावी अक्सफोर्ड विश्वविद्यालयले गरेको हो । वैज्ञानिकका अनुसार, यो परिवर्तन दिमागको खैरो र सेतो मिटर भएको भागमा भइरहेको छ । अनुसन्धानमा २२ हजार भन्दा बढि व्यक्तिको ब्रेन स्क्यानिङ्ग गरिएको थियो । जसमा ११०० डायबिटीजका विरामी पनि सहभागी थिए ।

अनुसन्धानको समयमा ती व्यक्तिको तुलना स्वस्थ व्यक्तिमा गरिएको थियो । दुबैको स्मरणशक्तिको स्तर हेरिएको थियो र प्रतिक्रिया समय जाँचिएको थियो । अनुसन्धानबाट यो नतिजा आयो कि उच्च रक्तचापका रोगीको दिमागमा सबैभन्दा बढि असर ४४ देखि ६९ वर्ष उमेर समुहमा देखिन्छ । ७० वर्षभन्दा बढि उमेर हुँदा असर त्यहि स्तरमा भने देखिँदैन ।

नेचर कम्युनिकेशन जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार, जसरी उच्च रक्तचाप बढ्छ दिमागको क्षमता घट्दै जान्छ । दिमागको काम गर्ने क्षमतामा एक सेकेण्ड पनि धिमी हुनु, नराम्रो असर छाड्दछ ।

अक्सफोर्ड विश्वविद्यालयका न्यूरोलोजी विभागका प्रोफेसर मसूद हुसेनका अनुसार, अनुसन्धानमा मुटु रोग र डायबिटीजबाट दिमागमा पर्ने असरलाई पत्ता लगाउने केशिश छ । यसको असर आउने समयमा डिमेंशियाको रुपमा पर्न सक्छ ।

प्रोफेसर मसूद हुसेन भन्छन्, दुबै विरामीको एमआरआईको समयमा ब्रेनको संरचना जाँच गरियो । डायबिटीज बढ्दा ब्रेनको नर्व खराब हुन सक्छ, यसकारण डिमेंशियाको जोखिम झनै बढ्न सक्छ ।

डिमेंशिया बिर्सने राेगभन्दा फरक छ । यसमा हाम्रो सोच्ने विचार गर्ने क्षमता लगातार कम हुँदै जान्छ । सामान्यतयाः यो रोगको लक्षण विस्तारै विस्तारै देखिन्छ र समय बितेपछि गम्भीर हुने गर्दछ । यसकारण प्रायः घरका मान्छेले पनिय यसको सूचना पाउँदैनन् । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत