स्वास्थ्य

कोरोनाकालमा बिग्रन सक्छ मानसिक सन्तुलन, ३२%मा डिप्रेशन र ४०%मा निन्द्रा नआउने समस्या

काठमाडौँ । कोरोनाभाइरसका कारण हरेक पक्षहरु तहसनहस भएका छन् । जनको क्षतिसँगै आर्थिक रुपमा थिलिएको अवस्था छ । संसारका विशेषज्ञले संक्रमण समाप्तिपछि मानसिक रोगीको नयाँ महामारी आउनसक्ने आंकलन गरेका छन् । भर्खरै भएको एक अनुसन्धानले आश्चर्यजनक परिणाम निकालेको पनि छ । इटलीको एक पत्रिकामा सेन रेफेल अस्पतालका विज्ञले अनुसन्धानसँग जोडिएको कयौँ आश्चर्यजक कुरा लेखेको छ ।

इटलीका विज्ञका अनुसार पछिल्ला दिनहरुमा ३० देखि ३२ प्रतिशत मानिसमा डिप्रेसन, ४० प्रतिशतमा बेचैनी र ४० प्रतिशतमा निन्द्रा नआउने वा कमी हुनसक्ने उल्लेख गरेको छ । यसको अलवा २० प्रतिशतमा अब्सेसिभ कम्पल्सिभ डिसअर्डर पनि हुनसक्ने उल्लेख छ । यस्ता विरामीको संख्या बढ्नसक्ने बताइएको छ । विशेषगरी कोभिड हुँदाको समयमा अलग अलग तरिकाले यो सबै भइरहेको छ । जो व्यक्ति आफ्नो मस्तिस्कलाई नियन्त्रण गर्न सकिरहेको छैन, उनीहरुमा यस्तो लक्षण देख्न सकिन्छ ।

डा. अश्विन लम्सान भन्छन्- कोरोनाबाट निको भइरहेका मानिसमा ३ देखि ४ महिनासम्म शरीरमा दुखाई, जोर्डनमा दुखाई र सुस्त हुन्छन् । जसमा यो समस्या भइरहेको हुन्छ उनीहरुमा आरएनए टेस्ट गरिइरहेको छ । जाँचबाट यो कुराको पुष्टिपनि भइरहेको छ ।

केहि व्यक्ति यस्ता पनि छन्, जसको मानसिक स्थितिमा परिवर्तन आइरहेको छ । जस्तैः अचानक शान्त हुनु, कसैसँग कुरा नगर्नु । कयौँ व्यक्तिमा भविश्यलाई लिएर चिन्ता, तनाव जस्ता कुरा आइरहेका छन् ।

भारत नयाँ दिल्ली सर गंगाराम अस्पतालका डा. मोहसिन वलीका अनुसार, मास्क नलगाउनका लागि मानिसहरु अनेक तरिकाका तर्कहरु गरिरहेका छन् । यस्ता मानिसहरुलाई सम्झाउनको लागि डा. वलीले आफैँ अनुसन्धान गरे । उनले भने- मैले तीन दिन सम्म डब्बल मास्क लगाएँ, एक सर्जिकल र एन ९५ मास्क । दुई दिन ट्रिपल मास्क लगार अस्पताल गएँ र पूरै दिन लगाएँ । तर मलाई कुनै समस्या भएन । यसबाट कुरा स्पष्ट हुन्छ कि जो व्यक्तिहरु तर्क गरिरहेका छन वास्तवमा उनीहरु मास्क लगाउन चाहन्नन् ।

मनोविद् पदमराज जोशीका अनुसार, कोभिड-१९ को प्रभाव धेरै परेको र पछिल्ला तथ्यांकले पनि मानसिक समस्या आइरहेको कारण अहिले मनोविदकाे परिचालन गरेर समस्यालाई केहि हदसम्म नियन्त्रण गर्नुपर्ने हुन्छ । उनले स्वभावैले पनि गम्भीर रोग र त्यसले पुर्याउनसक्ने असरलाई समयमै सोच्नु र गृहकार्य गर्नु अत्यन्तै जरुरी भएकाे बताए । उनका अनुसार- नेपालमा पनि महामारीको दोस्रो लहर सुरु भइसकेको छ भने यसबिचमा आत्महत्या, चिन्ताका केशहरुले गम्भीर रुप लिँदै गएका छन् । बेलैमा साेचेकाे राम्राे ।

गाउँ सहर डेस्क

तपाईँको मत