स्वास्थ्य

मोटो मान्छेमा कोरोनाको खतरा कति ? तीन तरिकाले आक्रमण

काठमाडौँ । अमेरिकाका जोन प्लेसको उमेर ४३ वर्ष र तौल ११२ किलो छ । जून महिनामा जोनलाई कोरोना संक्रमण भयो र आईसीयूमा भर्ना भए । मोटोपनाका कारण चिकित्सकले उनको बाँच्ने आशा २० प्रतिशत भएको बताएका थिए । अत्यधिक उपचारपश्चात जोन निको त भए तर शरीरमा भएको दुखाईले अहिलेपनि समस्यामा छन् ।

संसारभरमा भएका अनुसन्धान भन्छन्- मोटा व्यक्तिलाई कोरोनाले ३ तरिकाले आक्रमण गर्दछ । पहिलोः उनीहरुमा संक्रमण हुने खतरा बढि हुन्छ । दोस्रोः अवस्था अत्यन्तै नाजूक हुन्छ । र तेस्रोः मोटोपनासँगै डायबिटीज वा मुटुको समस्या भए अवस्था झनै बिग्रन्छ ।

धेरै तौल भएका व्यक्तिमा कोरोना संक्रमण हुने सम्भावना बढि हुन्छ । अन्य विरामीको तुलनामा यस्ता व्यक्तिको अवस्था किन नाजूक हुन्छ भने उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता घट्छ, अनुसन्धानबाट यहि कुराको खुलासा भएको छ ।

इन्टरनेशनल मेडिकल अर्गनाइजेशन एन्डोक्राइन सोसाइटीको जर्नलमा प्रकाशित शोधका अनुसार, मोटोपनाले कोरोनासँग लड्न मुश्किल बनाउँछ । अर्थात शरीरलाई बचाउने प्रणालीलाई नै नोक्सानी पुर्याउँछ ।

भर्चुअल इन्टरनेशनल ओबेसिटी कन्फरेन्समा मोटोपना र कोभिड-१९ को सम्बन्धको बारेमा तथ्यांक पेश गरिएको थियो । तथ्यांक अनुसार, १२४ कोरोना रोगी आईसीयूमा भर्ना भए । यसमध्ये १० प्रतिशत यस्ता विरामी थिए जसको तौल सामान्य थियो । बढि विरामीको बीएमआई ३० देखि ४० को रेन्जमा थियो । बीएमआई अर्थात बडी मास इन्डेक्स, जुन जति बढ्छ खतरा पनि उत्तिकै बढ्छ ।

अमेरिकी स्वास्थ्य एजेन्सी सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन्सका अनुसार, मोटा मानिस कोभिड-१९ को जोखिममा रहेको यो पहिलो पटक होइन । अघिल्ला महामारीमा पनि जोखिममै थिए । र उनीहरुको मृत्युदर पनि बढि नै थियो ।

मोटा व्यक्तिमा कुनैपनि रोगको जोखिम बढि नै हुने भएकोले चिकित्सकहरु तौल घटाउन र खानपानमा ध्यान दिन आग्रह गर्दछन् । यसको लागि नियमित व्यायाम र राति कम खान सुझाउँछन् । मौसमी हरियो सब्जी खान र बोसोयुक्त कुरा कम खाँदा मोटोपनाको शिकार नहुने उनीहरु बताउँछन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत