विश्व

ब्रिटेनको कम्पनी एस्ट्राजेनेकाले कोरोना भ्याक्सिनको ट्रायल रोक्यो, टेस्टिंगमा सहभागी विरामी

  • एजेन्सी
  • २४ भदौ बुधबार, २०७७ | ०९:४६:०० मा प्रकाशित

ब्रिटेन । अक्सफोर्ड यूनिभर्सिटीसँग मिलेर कोरोना भ्याक्सिन बनाइरहेको लण्डनको फर्मा कम्पनी एस्ट्राजेनेकाको क्लिनिकल ट्रायल रोक्नु परेको छ ।

ट्रायलमा सहभागी एक व्यक्ति विरामी भएको कारणले उसले यो फैसला लिएको हो ।

कम्पनीले मंगलबार यो कुराको जानकारी दिएको छ । उसका अनुसार ट्रायलमा सहभागी व्यक्तिमा गम्भीर विरामी भएपछि उसले ट्रायल रोकेको हो ।

एस्ट्राजेनेकाले तेस्रो फेजको ट्रायलको लागि ३० हजार भोलेन्टियर्सको रजिस्ट्रेशन ३१ अगष्टबाट सुरु गरेको थियो । एस्ट्राजेनेका ति ९ कम्पनीमध्ये भ्याक्सिन ट्रायलको तेस्रो चरणमा छ ।
 

एजेन्सी

तपाईँको मत