स्वास्थ्य

विश्व स्वास्थ्य संगठनको चेतावनी- अर्काे महामारीको लागि तयार हौँ किनकी यो अन्त्य हुँदैन

[आउनसक्ने खतरा अघि स्वास्थ्य सेवा झनै राम्रो बनाउनुपर्ने]

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी जारी गरेको छ । संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम ग्रेवेयेससले सोमबार भने— मानिसहरु अर्को महामारीको लागि तयार हुनुपर्छ । मानिसहरुले पछिल्लो महामारीभन्दा अघि नै स्वास्थ्य सेवामा लगानी गर्नु आवश्यक छ, नत्र कोरोनाजस्तै हालत बन्न सक्छ ।

टेड्रोसले जेनेभामा गरेको पत्रकार सम्मेलनमा भने— महामारीको कारण दुनियाँभरमा २.७१ करोड माथि मानिस संक्रमित भएका छन भने ८.८८ लाख बढिको मृत्यु भएको छ । दुनियाँको कयौँ देशमा यसको भयावहता बढिरहेको छ  जसलाई नियन्त्रण गर्न मुश्किल हुँदै गएको छ ।

महानिर्देशक टेड्रोसका अनुसार, इतिहास साक्षी छ कि यो कुनै अन्तिम महामारी होइन । यो नै जीवनको सत्य हो र यो कहिल्यै समाप्त हुँदैन । अब पछिल्लो महामारी आउनु अघि नै हामी सबै कुराबाट तयार हुनुपर्छ ।

भर्खरैमात्र पनि  डब्लूएचओका प्रवक्ता डा. मारग्रेट हेरिसले जून २०२१ भन्दा अघि कोरोनाको भ्याक्सिन आउने आशा नभएको बताएकी थिइन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत