स्वास्थ्य

काेराेनाबाट हालसम्म विश्वभर २ कराेड ७४ लाख संक्रमित, १ कराेड ९५ लाख निकाे, ८ लाख ९६ हजार जनाकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७० लाख १ हजार ७२१ जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ९५ लाख ८६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ७४ लाख ८५ हजार नाघेको छ भने मृतकको संख्या ८ लाख ९६ हजार ८४२ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६० हजार २२५ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६४ लाख ८५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ९३ हजार ५३४ जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजार ५८९ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३७ लाख ५८ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ४२ लाख ७७ हजार ५८४ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ७२ हजार ८१६ जनाको ज्यान गइसकेको छ । जसमध्ये ३३ लाख २१ हजार ४२० जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ४७ हजार २३६ जना पुगेका छन् भने ३० हजार ६७७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३०० पुगेको छ भने १६ हजार २५९ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत