दृष्‍टिकोण

लकडाउन, सटडाउन, निषेधाज्ञा र कर्फ्यू मात्र काेराेनाकाे उपचार हाे ? हाेइन भने नियमकाे पालना गर्दै सबै खाेलाैँ

काठमाडौँ । कोरोनाभाइरसका कारणा देश बन्दी भएको ६ महिना भयो । सबै क्षेत्र तहसनहस छ । अब त सामान्य होला होला भन्ने आशा अब झनै गूमिसकेको छ । निषेधाज्ञा कायमै छ, संक्रमितको संख्या बढेको बढ्यै मात्र छ । जनको क्षति दुःखदायी छ र जीवन चलाउनेको लागि निषेधको आज्ञा झनै अखप बन्दै गएको छ । अरू राेगले मरेपनि काेराेनाकै नाम इन्ट्री भएकाे छ । अरू राेगी मान्छे नै हाेइनन् भन्ने अवस्था सिर्जना भएकाे छ ।

आर्थिक रूपमा पनि ७ खर्ब घाटामा रहेको विभिन्न आर्थिक मापनहरूले देखाइसकेका छन् । तलव आउनेलाई लकडाउन र निषेधाज्ञाले अभाव झेल्न सहज भएको होला तर तलव नआउनेलाई कोरोना र सरकारका गतिविधिले पिरोल्नू पिरोलेको छ । यो सबै थाहा हुँदाहुँदै पनि सरकार अझै लकडाउन र निषेधाज्ञा लम्ब्याउने दाउमै छ ।

यति लामो लकले जीवन कसरी चलेको छ ? खुलामञ्चमा भोको पेट लिएर दुःखका साथ खाना खाएको दृश्य तिम्रालागि काफी छैनन् ? विभिन्न क्षेत्रसंग कार्यरत मदजूर जसको रोजीरोटी गूमेको छ उनीहरूले जीवन कसरी चलाइरहेका छन् ? ५ देखि १० केजी चामलले यो ६ महिना कसरी टिकेका छन् ? यसको हिसाव गरेका छौ सरकार !

सरकारको दायित्वबाट टाढा भएजस्तो यदि अझै लागेको छैन भने निषेध र बन्दी गरेर कोरोना जित्न कदापी सकिँदैन भन्ने अब त बुझ । रोग जित्न भोक मेटिनु जरूरी छ । नत्र कोरोना होइन अरू रोगले धेरैको जीवन स्वाहा पार्नेछ ।

विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमण काठमाडौँ उपत्यका भित्र निरन्तर बढिरहेको भन्दै यस जिल्लामा सोको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम मिति २०७७।०५।०३ गते राती १२:०० बजेदेखि काठमाडौँ उपत्यकाभर लागू हुने गरी निषेधाज्ञा गरेकाे छ । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाका बाहेक कार्यालय संचालन गर्न पाइँदैन । तोकिएको समयमा मात्र सवारी साधन चलाउन पाइने भएको छ । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा भने संचालनमा रहनेछन् । गतिविधि प्रायः ठप्प छन् ।

देशका कयौँ स्थानहरूमा निषेधाज्ञा कायमै छ । ५०० सय भन्दा बढि संक्रमण बढि भएका स्थानमा लकडाउन र निषेधाज्ञा स्थानीय सरकारले गरेका छन् । संक्रमित घट्छन र लकडाउन र निषेधाज्ञा हट्छ भन्ने आकाशको फल जस्तै भएको छ । उल्टो यहि समयमा संक्रमण र मृत्युको दर ह्वात्तै बढेको छ ।

भदाै २२ गतेकाे तथ्यांक भन्छ- नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०० पुग्याे, भेन्टिलेटरमा २०, आईसीयूमा १७१ जना उपचाररत छन् । हालसम्म डिस्चार्ज हुने दर ६५ प्रतिशत रहेको छ । आजसम्म ७ लाख ७७ हजार ५६३ पीसीआर परीक्षण गरिएको छ । देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगेको छ । हालसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । तर ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । 

यो बेला सरकार परम्परागत स्रोत र दवाइको कुरा गर्छ अनि अरूले भने भनेर कोरोनाको गलत हल्ला फैल्याएको भनेर पक्राउ गर्छ । सरकारको चरित्र पनि द्वैध हुँदा जनता थप प्रताडित बनेका छन् । जीवन चलेको छैन तर चलाओ भनेर सरकार आफैँ वाध्य बनाउँछ । यो सम्भव छ त ? सँधै बन्द गरेर जीवन चल्ने रैछ त ? यदि चल्दैन भने नियमको पालना गर्दै गरि खान्छु भन्न पाइने कि नपाइने ? यसमा जब्बरजस्ती गर्नु कि सहयोग गर्नुपर्ने हो ?

कोरोना सहजै अवतरण हुनेमा अब शंका छ र ? डब्लूएचओ आफैँ झुकेको परिवेशमा र रोगसँग जोडिएका नयाँ कुराहरू अझै खोजकै दौरानमा रहेको यो विषम अवस्थामा रोगसँग जोगिएर जीवन चलाउन सरकार तिमीले सिकाउनु पर्ने होइन र ? यो विषम अवस्थामा तलव आउनेको कुरा तिमीले सुन्ने कि भात खान नपाएका र अस्पतालसम्म पुग्न नसकेका जनताको आवाज सुन्ने ? यहि हो समाजवादको यात्रा ? कोरोनासँग लड्न सिकाउ सरकार भाग्न होइन, घरघरमा थुनेर होइन कोरोना जित्न उर्जा देउ र जीवन सामान्य बनाउ ।

काेराेना नियन्त्रणका लागि तिमीले चालेका कदम कर कार्यालय, मलकाे लाइन, बैंककाे भिडले कति सम्बेदनशिल बनेका छाै, हेरे पुग्छ । जनताले कामना मात्र गरेका छन कि भेन्टिलेटर र आइसियूमा विरामी नपूगुन, तर सरकार त्यसकै यात्रामा दाैडेकाे छ । खुइय्य.....कसलाई भन्ने ?

समय वितेपनि सुध्र, विश्व काेराेनासँग अब लड्न थालेका छन् केहि सिक । अपरिहार्यतालाई प्राथमिकता देउ, नत्र यो अवस्थामात्र लम्ब्याउने र जनतालाई दवावमात्र दिने हो भने संरचनासँग मात्र सिंगेजोरी खेल्ने अवस्थामा पुग्नेछौ । र त्यो दिन थुइक्क बुद्धि.. ! भन्नेमात्र छौ ।

गाउँ सहर डेस्क

तपाईँको मत