स्वास्थ्य

भारत विश्वभर काेराेना संक्रमित हुने मुलुकमा दाेस्राे, पहिलाे अमेरिका र तेस्राेमा ब्राजिल

काठमाडौं । भारत विश्वभर काेराेना संक्रमित हुने दाेस्राे मुलुक भएकाे छ । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार भारतमा ४२ लाख २ हजार ५६२ जना पुगेका छन् । संक्रमित मध्ये ७१ हजार ६८७ जनाको ज्यान गइसकेको छ । जसमध्ये ३२ लाख ४७ हजार २९७ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७० लाख २९ हजार ३२५ जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ९३ लाख ७१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ७२ लाख ८८ हजार नाघेको छ भने मृतकको संख्या ८ लाख ८७ हजार ५४९ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ५९ हजार ९६२ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६४ लाख ६० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ९३ हजार २५० जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजार ६८१ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३७ लाख २५ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

तेस्राे स्थानमा रहेकाे मुलुक ब्राजिलमा ४१ लाख ३७ हजारभन्दा भन्दा बढि संक्रमित भएका छन् । मृत्यु हुनेकाे संख्या १ लाख ६८६ जना पुगेका छन् । ३३ लाख १७ हजार निकाे भएका छन् । ८ हजार ३१८ जनाकाे अवस्था गम्भीर  छ। 

नेपालमा भाइरस संक्रमित ४६ हजार २५७ जना पुगेका छन् भने २८ हजार ९४१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २८९ पुगेको छ भने १७ हजार २७ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत