स्वास्थ्य

‘कोरोनाको सबैभन्दा जोखिमको खतरा वृद्धवृद्धामा तर उनीहरुमा प्रतिरोधात्मक प्रतिक्रिया बढी पाइयो’

कोरोनाबाट निको हुन भएको कति समयसम्म शरीरमा एन्टिबडीज रहन्छ, वैज्ञानिकले यसको जवाफ खोजेका छन् ।

उनीहरुका अनुसार, एक भाइरसबाट संक्रमित भएपछि उनीहरुको शरीरमा बन्ने एन्टिबडीज पछिल्लो चार महिनासम्म रहन्छ । अर्थात चार महिनासम्म मानिसको कोभिड-१९ सँग लड्नको लागि क्षमता बढ्ने गर्दछ ।

न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धानका अनुसार, संक्रमणपछि हरेक विरामीमा एन्टिबडी बन्दैन किनकी केहि व्यक्तिमा भाइरससँग लड्ने क्षमता धेरै कमजोर हुन्छ । अनुसन्धानको अर्को आश्चर्यजनक कुरा यो छ कि वृद्धवृद्धाहरु कोरोनाको जोखिममा छन तर एन्टिबडीको सबैभन्दा राम्रो प्रतिरोधात्मक प्रतिक्रिया भने उनीहरुमै देखिएको छ ।

तर संसारका केहि देशमा कोरोनाबाट निको भइसकेका विरामीमा दोस्रोपटक संक्रमणको केश पनि आएका छन् । पहिलो केश हङ्गकङ्गमा देखिएको थियो जो इटलीबाट फर्केका थिए । दोस्रोपटक संक्रमणको केशबीच यो अनुसन्धान भने राहत दिने खालको छ ।

अनुसन्धानकर्ता आइसल्याण्डका वैज्ञानिकका अनुसार— हामीले तीन समूहमा कुल ३० हजार ५७६ कोरोना सर्भाइभर्सको सीरम सेम्पल लियौँ । यसमा ६ अलग अलग तरिकाको एन्टिबडी जाँच गर्यौँ ।

पहिलो समूहमा ४८७ कोरोनासँग जुधिरहेका थिए । उनीहरुको एकभन्दा बढि एन्टिबडी टेस्ट भयो । नतिजाबाट यो कुरा प्रष्ट भयो कि संक्रमण पुष्टि भएपछि २ महिनासम्म एन्टिबडीको स्तर लगातार बढ्यो र पछिल्लो दुइ महिनासम्म यो शरीरमा थियो । अनुसन्धानकर्ता डा. केरी स्टेफेनसनका अनुसार, एसिम्प्टोमेटिक व्यक्तिमा पनि एन्टिबडी पाइयो । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत