स्वास्थ्य

नेपालसहित विश्वभर काेराेनाबाट निकाे हुने १ कराेड ८८ लाखभन्दा बढि, ६० हजार जना गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६९ लाख ४९ हजार ४५० जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ८८ लाख ९५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ६७ लाख ८४ हजार नाघेको छ भने मृतकको संख्या ८ लाख ७८ हजार ८०६ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६० हजार ९८५ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६३ लाख ८९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ९२ हजार १११ जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजार ६२ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३६ लाख ३५ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ४० लाख २० हजार २३९ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ६९ हजार ६३५ जनाको ज्यान गइसकेको छ । जसमध्ये ३१ लाख ४ हजार ५१२ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ४४ हजार २३६ जना पुगेका छन् भने २५ हजार ५६१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २७१ पुगेको छ भने १८ हजार ४०४ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत