प्रेरणा

“जीवन साइकल चलाउनु जस्तै हो, सन्तुलन राख्नको लागि चलाइरहनु पर्छ”

[हामीले सिक्न बन्द गरे मर्न सुरु गर्छौँ]

काठमाडौँ । अल्बर्ट आइन्स्टाइन संसारका महान वैज्ञानिकमध्ये एक हुन् । उनको विचारलाई अवलम्बन गरे हामी कयौँ समस्याबाट जोगिन सक्छौँ ।

दुनियाँका महान वैज्ञानिक आइन्सटाइनको जन्म १४ मार्च १८७९ मा उल्म, जर्मनीमा भएको थियो । उनी सैद्धान्तिक भौतिकविद थिए । उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान उर्जा समीकरण E = mc2 को लागि चिनिन्छन् ।

उनले दुइपटक नोबल पुरस्कार प्राप्त गरेका थिए । आइन्स्टाइनले कयौँ शोधपत्र तथा विज्ञानसँग सम्बन्धित पुस्तक लेखेका थिए । उनको मृत्यु १८ अप्रिल १९५५ मा भएको थियो ।

उनै वैज्ञानिक आइन्सटाइनका केहि कोडहरुलाई हामी नेपालीमा अनुवाद गरेर राखेका छौँ जसले हामी सबैको जीवन बदल्न सक्दछ ।

  • हामी जब सिक्न बन्द गर्छौँ, हामी मर्न सुरु गर्छौँ ।
  • एक जहाज जहिल्यै किनारामा सुरक्षित हुन्छ, तर जहाज यसकारण बनेको हुँदैन ।
  • हरेक व्यक्ति प्रतिभावान हुन्छ । तर, यदि तपाईं एउटा माछालाई रुखमा चढ्ने योग्यता अनुसार अनुमान गर्नुहुन्छ भने मूर्ख नै सम्झिनेछ ।
  • जो व्यक्ति साना साना कुरामा सत्य बोल्दैन, उसलाई ठूला कुराहरुमा विश्वास गर्न सकिँदैन ।
  • एउटै कामलाई पटक पटक गर्नु र हरेक पटक फरक परिणामको आशा गर्नु, पागलपन हो ।
  • आफैँलाई प्रशन्न गर्ने सबैभन्दा राम्रो तरिका यो हुन्छ कि हामी कसैलाई खुसी पार्ने ।

आइन्स्टाइनले सापेक्षताको विशेष र सामान्य सिद्धान्तसहित धेरै योगदान दिए । उनको अन्य योगदानहरुमा सापेक्ष ब्रह्माण्ड, केशिकीय गति, क्रान्तिक उपच्छाया, सांख्यिक मेकानिक्सका समस्याहरु, अणुहरु को ब्राउनियन गति, अणुहरूलाई उत्परिवर्त्तन संभाव्यता, एक अणुयुक्त ग्यासको क्वान्टम सिद्धान्त, कम विकिरण घनत्वयुक्त प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीकृत क्षेत्र सिद्धान्त र भौतिकीय ज्यामितीकरण समाविष्ट छ ।

आइन्स्टाइनले पचास भन्दा बढी शोध-पत्र र विज्ञान भन्दा अलग किताबहरु लेखे । १९९९ मा टाइम पत्रिकाले उनलाई शताब्दी-पुरूष घोषित गर्यो । एक सर्वेक्षणका अनुसार उनलाई सर्वकालीन महानतम् वैज्ञानिक मानियो । यसकारण पनि अनेक कुराहरु हामी आइन्स्टाइनबाट सिक्न सक्छौँ र व्यवहारमा उतार्न सक्छौँ । उनको चर्चा जति गरेपनि कमै हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत