स्वास्थ्य

कोरोना भ्याक्सिन नजिक-नजिक, कामना गरौँ तेस्रो चरणको परीक्षण पनि प्रभावकारी होस्

काठमाडौँ । अमेरिकामा अक्सफोर्ड यूनिभर्सिटी र फर्मा कम्पनी एस्ट्राजेनेका सम्मिलित बनेको भ्याक्सिन एजेडडी-१२२२ को तेस्रो चरणको परीक्षण सुरु भएको छ । ट्रायल अमेरिकाको फ्लोरिडाबाट सुरु भएको छ ।

तेस्रो चरणको ट्रायल सुरु भएसँगै विश्व कोरोना भ्याक्सिन नजिक नजिक पुगेको आंकलन गरिएको छ ।

अमेरिकाको फ्लोरिडामा रहेको हेडलेण्ड्स जेम रिसर्च इन्स्टिच्यूटमा भ्याक्सिनको ट्रायल चलिरहेको छ । सो कार्यक्रम रेखदेख गर्ने डा लेरी बुशका अनुसार— अघिल्ला ट्रायलमा भ्याक्सिन प्रभावकारी सावित भएको छ । स्वयंसेवकमा इम्यून रेस्पोन्स धेरै राम्रो रह्यो । पहिलो र दोस्रो चरणको मानवीय परीक्षणमा स्वयंसेवकमा न्यूट्रिलाइजिंग एन्टिबडीज बन्यो । संक्रमितको कोशिकामा टि सेलको रेस्पोन्स राम्रो देखियो । यस्तो हुनु उपचारको लागि राम्रो अवस्था हो ।

कम्पनीका अनुसार एजेडडी-१२२२ को तेस्रो मानवीय परीक्षणमा संसारभरका ५० हजार सहभागीमा गरिनेछ । यसमा ३० हजार अमेरिकी सहभागी छन् । ट्रायलको सुरुवात भइसकेको छ । यो भ्याक्सिनको ट्रायल ब्रिटेन, ब्राजील, दक्षिण अफ्रिकामा भइसकेको छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत