स्वास्थ्य

विश्वभर काेराेनाभाइरस सक्रिय हुनेमध्ये एक प्रतिशतकाे स्वास्थ्य अवस्था गम्भीर, कुल संक्रमित २ कराेड ६४ लाख नाघ्याे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६९ लाख ३२ हजार १ जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ८६ लाख ६० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ६४ लाख ६५ हजार नाघेको छ भने मृतकको संख्या ८ लाख ७३ हजार १०८ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६० हजार ७४९ जनाको अवस्था गम्भीर छ । विश्वभर काराेनाभाइरस सक्रिय केसहरूमध्ये याे एक प्रतिशत हुन आउँछ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६३ लाख ३५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ९१ हजार ५८ जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजार ४२ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३५ लाख ७५ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३९ लाख ३३ हजार १२४ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ६८ हजार ५६९ जनाको ज्यान गइसकेको छ । जसमध्ये ३० लाख ३४ हजार ८८७ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ४२ हजार ८७७ जना पुगेका छन् भने २४ हजार २०७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २५७ पुगेको छ भने १८ हजार ४१३ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत