स्वास्थ्य

कम्मरको साइज ४० इन्च वा सोभन्दा बढि छ भने घटाउनुहोस्, नत्र प्रोस्टेट क्यान्सर हुने खतरा

अक्सफोर्ड यूनिभर्सिटीको अनुसन्धानले बढ्दो मोटोपनाले खतरा निम्त्याउने बताएको छ । 

त्यहाँ भएको अनुसन्धानका अनुसार, यदि कुनै पुरुषको कम्मर ४० इन्च वा सोभन्दा बढि छ भने उसमा प्रोस्टेट क्यान्सरबाट मृत्यु हुने खतरा ३५% सम्म छ । 

अनुसन्धान २ लाख पुरुषहरुमा गरिएको थियो ।

अध्ययनको अर्को आश्चर्यजनक नतिजा के छ भने यहाँ खतराको मतलब पूरै शरीरको मोटोपना अर्थात बीएमआई धेरै हुँदा होइन । शरीरका विशेष स्थानमा मोटोपनाका कारण खतरा बढि हुन्छ । यसको कारण पनि बैज्ञानिकले बताएका छन् ।

अनुसन्धान भन्छ— पेटमा जमेको बोसो सबैभन्दा खतरनाक हुन्छ किनकी यसले शरीरको सबैभन्दा महत्वपूर्ण अंग लिभर, पेनक्रियाज र आन्द्रामा असर पुर्याउँदछ । यसले यी अंगले काम गर्ने क्षमतामा असर पुर्याउने गर्दछ । साथै क्यान्सर कोशिकाको संख्या पनि बढाउने गर्दछ ।

भर्खरै ब्रिटेनमा आयोजित इन्टरनेशनल कन्फरेन्समा पेश गरिएको यो अनुसन्धान १० वर्षसम्म गरिएको थियो । अनुसन्धानमा सहभागीको बडी मास इन्डेक्स (बीएमआई), शरीरको कुल बोसो, कम्मरको घेरा र आकार अनुगमन गरिएको थियो ।

अनुसन्धानमा सहभागी २५% पुरुषको कम्मरको आकार बढि पाइयो । उनीहरुमा पोस्टेट क्यान्सरबाट मृत्यु हुने खतरा ३५% सम्म छ । तर अनुसन्धानकर्ताले मानिसको बीएमआई र कुल मोटोपनाबीच कुनै सम्बन्ध भने बताएको छैन ।

अनुसन्धानकर्ता डा. आरोरा प्रेज कार्नेगो भन्छन्— हामीले कम्मर वा पेटको मोटोपना र प्रोस्टेट क्यान्सरबीच सम्बन्ध पाएका छौँ । यसको मात्रा बढ्दा क्यान्सरबाट मृत्युको खतरा बढ्दछ । तर शरीरको कुल मोटोपनासँग यसको सम्बन्ध अहिलेसम्म आएको भने छैन । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत