स्वास्थ्य

विश्वभर हाल ६८ लाख ६७ हजारमा काेराेनाभाइरस सक्रिय, ६० हजार जनाकाे स्वास्थ्य गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६८ लाख ६७ हजार ९८० जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ८४ लाख ४२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ६१ लाख ७७ हजार नाघेको छ भने मृतकको संख्या ८ लाख ६७ हजार ३४७ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६० हजार ६१७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६२ लाख ९० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ८९ हजार ९६४ जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजार १०१ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३५ लाख ४७ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३८ लाख ४८ हजार ९६८ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ६७ हजार ४८६ जनाको ज्यान गइसकेको छ । जसमध्ये २९ लाख ६७ हजार ३९६ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ४१ हजार ६४९ जना पुगेका छन् भने २३ हजार २९० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २५१ पुगेको छ भने १८ हजार १०८ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत