स्वास्थ्य

भेन्टिलेटरको आवश्यकता भएका कोरोना संक्रमितलाई अर्थराइटिसको दवाईले ठिक

  • एजेन्सी
  • १७ भदौ बुधबार, २०७७ | ०९:४४:०० मा प्रकाशित

जपानको ओसाका यूनिभर्सिटी रिसर्चको दवाई, रुमेटायड अर्थराइटिसको दवाई एक्टेमराले कोरोनाका ७ विरामीको उपचार गरियो ।

रिसर्चर्सका अनुसार, यो दवाईले संक्रमण पछि शरीरमा हुने साइटोकाइन स्टोर्मलाई पनि रोक्दछ ।

हड्डिको विरामी रुमेटायड अर्थराइटिसमा दिने दवाई एक्टेमरा कोरोना संक्रमितमा प्रभावकारी सावित भएको छ । संक्रमण पछि अत्यन्तै नाजूक अवस्थासँग जुधिरहेका ७ विरामीमा यो दवाई दिइयो । विरामीमा सुधार देखियो । यो दवाई जापानको ओसाका यूनिभर्सिटीले आफ्नो रिसर्चमा प्रयोग गरेको छ ।

रिसर्चर्सका अनुसार, कोरोनाका ७ विरामीको हालत पतला थियो । उनीहरुलाई भेन्टिलेटरमा राख्नुपर्ने थियो । ती विरामीलाई यो दवाई इन्जेक्सनको रुपमा दिइयो र अवस्थामा सुधार भयो ।

रिसर्चर्सका अनुसार, एक्टेमरामा एन्टी-इंफ्लेमेट्री गुण छ । यसले संक्रमणको कारण आएको सूजनलाई हटाउँछ । इम्यून सिस्टमलाई कन्ट्रोल गर्दछ । दवाई दिएपछि कोरोनाका गम्भीर विरामीको अवस्थामा सुधार देखियो ।
 

एजेन्सी

तपाईँको मत