पूर्वाधार

विश्वभर काेराेनाभाइरस संक्रमितमध्ये १ करोड ८१ लाख जना निकाे, भारतमा मात्रै साँढे ३७ लाख संक्रमित

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६८ लाख ४५ हजार ७३ जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ८१ लाख ९३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ५८ लाख ९९ हजार नाघेको छ भने मृतकको संख्या ८ लाख ६१ हजार २३४ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६० हजार ५४९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६२ लाख ५७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ८८ हजार ९०० जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजार ७९ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३४ लाख ९६ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३७ लाख ६६ हजार १०८ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ६६ हजार ४६० जनाको ज्यान गइसकेको छ । जसमध्ये २८ लाख ९९ हजार ५२१ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ४० हजार ५२९ जना पुगेका छन् भने २२ हजार १७८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २३९ पुगेको छ भने १८ हजार ११२ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत