पूर्वाधार

बच्चाको नाक र घाँटीमा कयौँ हप्तासम्म रहन सक्छ कोरोनाभाइरस

प्रतिकात्मक फाेटाे ।

बच्चाको नाक र घाँटीमा कयौँ हप्तासम्म कोरोनाभाइरस हुने दावी गरिएको छ । यो समय यस्तो पनि हुनसक्छ— उनीहरुमा कुनै लक्षण (एसिम्प्टोमेटिक) देखिँदैन ।

यो दावी वाशिंगटनको चिल्ड्रन नेशनल हस्पिटलको अध्ययनबाट खुलासा भएको हो । अध्ययनले कसरी कोरोनाभाइरस गुपचुप तरिकाले आफ्नो संक्रमण फैल्याउँछ भन्ने बताउँछ ।

क्यानडाका अनुसन्धानकर्ताले यो अध्ययन दक्षिण कोरियामा गरेका हुन् । उनीहरुका अनुसार— यो देखिएको छ कि बच्चामा कोरोना संक्रमण कसरी गुपचुप रुपमा फैलिरहेको छ । अध्ययनबाट ८५ संक्रमित बच्चाहरु परीक्षणबाट यसकारण टाढा भए, किनकि उनीहरुमा लक्षण देखिइरहेको थिएन । कोभिड-१९ को जाँच पनि तिनीहरुको गरियो जसमा लक्षण देखियो । यस्तो पछिल्ला दिनमा पनि भए कम्युनिटीमा एसिम्प्टोमेटिक बच्चाको संख्या बढ्न सक्छ ।

यो अध्ययनको नतिजा त्यो समय आयो, जब अमेरिकाको सबैभन्दा ठूलो स्वास्थ्य संस्था सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन्स (सीडीसी) को विरोध भइरहेको थियो । सीडीसीले भर्खरै जारी गरेको गाइडलाइन्समा एसिम्प्टोमेटिक रोगीको जाँच गर्ने जरुरत छैन भनेको छ । उसका अनुसार परीक्षण तबसम्म गर्नु पर्दैन जबसम्म कुनै कोरोना संक्रमितको सम्पर्कमा आइँदैन ।

सीडीसीको यो फैसलालाई अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्सले खतरनाक कदम भनेको छ ।

अध्ययनका अनुसार दक्षिण कोरियामा १८ फेब्रुअरीदेखि ३१ मर्चबीच ९१ एसिम्प्टोमेटिक, प्री-सिम्प्टोमेटिक र सिम्प्टोमेटिक बच्चामा कोरोना संक्रमण पुष्टि भयो । यसमध्ये २० बच्चालाई कोरोनाको लक्षण देखिएन । यीनिहरु एसिम्प्टोमेटिक थिए । ९१ मध्ये १८ बच्चा जो प्री-सिम्प्टोमेटिक थिए । अर्थात यीनिहरुमा कुनै शुरुवाती लक्षण त देखिएन तर पछि देखिन सक्छ ।

त्यहिँ, बाँकी बच्चाहरुमा कोरोनाको स्पष्ट लक्षण देखियो । यसमा ज्वरो, खसखस, डायरिया, पेटमा दुखाई, स्वाद वा गन्ध थाहा नपाउने जस्ता लक्षण देखिएको थियो ।

अध्ययन भन्छ— बच्चामा लक्षण नदेखिँदा समुदायमा भाइरस फैलन सक्छ । यी बच्चाहरु खेल्दछन र अन्य गतिविधिमा समावेश हुन्छन् । औसतमा यस्ता एसिम्प्टोमेटिक बच्चामा १४ दिनभित्र लक्षण देखिन्छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत