विश्व

ट्रम्पले भने- एस्ट्राजेनेकाको भ्याक्सिन तेस्रो चरणमा, ३० हजारमा ट्रायल

  • एजेन्सी
  • १६ भदौ मंगलबार, २०७७ | १४:२१:०० मा प्रकाशित

वाशिंगटन । कोरोनाभाइरसका कारण विश्व प्रताडित भइरहेकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक प्रेस सम्मेलनमा एस्ट्राजेनेकाको भ्याक्सिन तेस्रो चरणमा पुगेको बताएका छन् । 

उनले भने, ‘एस्ट्राजेनेकाको भ्याक्सिन तेस्रो चरणमा पुगेको छ । चाँडै तेस्रो चरणमा अर्को भ्याक्सिनसँगै यसको अनुमति मिल्नेछ । हामी त्यो काम गरिरहेका छौँ जसलाई मानिसहरु असम्भव मान्दथे ।’

एस्ट्राजेनेकाको भ्याक्सिन अक्सफोर्ड यूनिभर्सिटीले तयार गरेको हो । कम्पनीका अनुसार तेस्रो चरणको ट्रायल अमेरिकाका ८० स्थानमा लगभग ३० हजारमा परीक्षण गरिनेछ ।

अमेरिकामा दुई कम्पनी मोडेर्ना र फाइजरको भ्याक्सिन फेज ३ को ट्रायलमा छन् । दुबै कम्पनीले ३० हजार भोलेन्टियर्समा ट्रायल गर्दैछन् ।
 

एजेन्सी

तपाईँको मत