स्वास्थ्य

विश्वभर काेराेनाभाइरस संक्रमितमध्ये १ करोड ७९ लाख जना निकाे, ६१ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६८ लाख ३९ हजार ४६७ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ७९ लाख ३८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ५६ लाख ३३ हजार नाघेको छ भने मृतकको संख्या ८ लाख ५४ हजार ७४७ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार १६० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६२ लाख ११ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ८७ हजार ७३६ जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजार ८६४ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३४ लाख ५६ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३६ लाख ८७ हजार ९३९ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ६५ हजार ४३५ जनाको ज्यान गइसकेको छ । जसमध्ये २८ लाख ३७ हजार ३७७ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ३९ हजार ४६० जना पुगेका छन् भने २१ हजार ४१० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २२८ पुगेको छ भने १७ हजार ८२२ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत