प्रेरणा

घरमै गरौँ योग : पाचन र तनावबाट मुक्त, बच्चाको लागि झनै फाइदाजनक छ वृक्षासन

काठमाडौँ । कोरोनाकालमा अहिले मानिसहरु धेरै समय घरभित्र बस्नुपरेको छ । यसको कारण शारीरिक र मानसिक पीडा झेलिरहनुपरेको छ । बच्चाहरुमा पनि लगातारको विद्युतिय कक्षा, साथीभाई भेट्न नपाउँदा उनीहरुको स्वास्थ्यमा पनि गम्भीर असर पुगिरहेको छ । साथै अभिभावक पनि बच्चाको तालिका र आफ्नो सूचीनुसार काम गर्न पाइरहेका छैनन । सबैतिर कोरोनाको खतरा भएकोले बाहिर आपत नपरी मानिसहरु निस्किएका छैनन् ।

यो विषम समयमा घर बाहिर गएर व्यायाम गर्नु, हिँड्डूल गर्नु अनउपयुक्त र अव्यवहारिक पनि छ साथै जोखिम पनि उच्च छ । यहि भएर योग विज्ञहरुले घरमै विभिन्न तरिकाका आसनहरुमा व्यायाम गर्नुपर्ने सुझाएका छन् । उनीहरुका अनुसार यसले शारीरिक विकार बाहिर निस्कने र शरीर फूर्तिलो हुने बताउँछन् । 

बच्चाले कुन आसन गर्ने ?

ताडासन

यो आशनले स्पाइनलाई लचिलो बनाउँछ । केन्द्रित र सन्तुलनको विकास गराउँछ । पाचनको लागि फाइदा हुन्छ ।

वृक्षासन

यसले अंगलाई मजबूद बनाउँछ । दिमाग र स्पाइनलाई स्वस्थ राख्दछ । स्मरणशक्ति बढाउँछ र मानसिक तनाव घटाउँछ ।

भुजंगासन

यसको फाइदा स्पाइन लचिलो बनाउनमा छ । रेस्पिरेटरी सिस्टममा राम्रो, पेट र मसल्सलाई राम्रो गर्दछ र पाचनमा राम्रो गर्दछ ।

तितलीआसन

यसले खुट्टा, कमर र जोर्डनको अंगलाई लचिलो बनाउँछ । मानसिक तनाव घटाउँछ । भावनात्मक सन्तुलन बढाउँछ र बच्चा खुसी रहन्छन् ।

प्राणायम, अनुलोम-विलोम

शरीरमा शक्ति बढाउँछ । केन्द्रीत हुन सिकाउँछ र स्मरणशक्ति बढाउँछ । सकारात्मकता बढाउँछ, तनाव घटाउँछ ।

अभिभावकले कुन आसन गर्ने ?

ताडासन


तिर्यक ताडासन


कटिचक्रासन


बज्रासन


मण्डुकासन

 

शशांकासन

यो आसनहरुले स्पाइनलाई लचिलो बनाउँछ । केन्द्रित र सन्तुलनको विकास गर्दछ । पाचनको लागि फाइदाजनक हुन्छ ।

इमेज स्राेतः याेगापिडीया ।
 

गाउँ सहर डेस्क

तपाईँको मत