स्वास्थ्य

कोरोनाकालमा डायबिटीजका रोगी तनावबाट बच्नुहोस, ब्लड सुगर बढ्छ र संक्रमण भए रिकभरी रेट ओरालो

काठमाडौँ । कोरोना महामारीबीच डायबिटीजका रोगीको लागि दोहोरो चुनौतिको सामना गरिरहनुपरेको छ । सामान्य विरामीको तुलनामा डायबिटीजका रोगीमा निमोनिया, फोक्सोको समस्या तथा संक्रमण हुँदा स्वास्थ्य झनै बिग्रन सक्दछ । यसको कारण प्रतिरोधात्मक क्षमता अर्थात इम्यूनिटी नै हो ।

विशेषज्ञका अनुसार, डायबिटीजका विरामीमा रोगसँग लड्ने क्षमता सामान्य रोगीको तुलनामा धेरै कम हुने गर्दछ । यो समय संक्रमण भएमा जोखिम झनै बढ्ने गर्दछ । 

कोरोना महामारीमा त्यसैपनि तनाव त थपिने नै भयो तर यो समय तनावमुक्त हुने काम गर्नुपर्दछ । यदि तपाईंलाई डायबिटीज नभएपनि तनावका कारण ब्लड सुगर बढ्ने गर्दछ । र रिकभरी रेटमा गिरावट आउने गर्दछ । यसबाट जसरी भएपनि बच्नुहोस् ।

डायबिटीज रोगीको लागि कोरोनाकालमा यी टिप्सहरु:

  • हप्ता दिनको खाना साथमा राख्नुहोस्,
  • क्वारेन्टाइनमा हुनुहुन्छ भने ब्लड सुगर जाँच्न नभूल्नुहोस्,
  • अफ्ट्यारो महशुष भए चिकित्सकको सल्लाह लिनुहोस्,
  • सुगर कन्ट्रोल राख्न खानपान, व्यायाम गर्नुहोस्,
  • जाडो होस वा गर्मी पानीको मात्रा प्रशस्त पुर्याउनुहोस्,
  • ६ देखि १० घण्टा सुत्नुहोस, निन्द्रा पुर्याउनुहोस्,
  • सरसफाइमा ध्यान दिनुहोस, हेलचेक्राइँ नगर्नुहोस्,
  • खानामा ताजा फल, सब्जी खानुहोस्,
  • सोडा, सफ्ट ड्रिंक, बाक्लो दूध, दहिलाई टाढा राख्नुहोस्,

डायबिटीजका रोगीको लागि हरेक संक्रमणको जोखिम बढि हुने गर्दछ । शरीरको प्रतिरोधात्मक क्षमता कम हुने भएकोले इम्यून सिस्टम दरिलो बनाउनु जरुरी हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत