स्वास्थ्य

विश्वभर काेराेना संक्रमित साँढे दुई कराेड नजिक, हालसम्म ८ लाख ४१ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६७ लाख ६८ हजार ३२२ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ७२ लाख ९७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ४९ लाख ६ हजार नाघेको छ भने मृतकको संख्या ८ लाख ४१ हजार २९० पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार १८८ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६० लाख ९६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ८५ हजार ९०१ जनाले ज्यान गुमाइसकेका छन् भने १६ हजार १८४ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३३ लाख ७५ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३४ लाख ६१ हजार २४० पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ६२ हजार ७१३ जनाको ज्यान गइसकेको छ । जसमध्ये २६ लाख ४७ हजार ५३८ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ३६ हजार ४५६ जना पुगेका छन् भने २० हजार २४२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १९५ पुगेको छ भने १६ हजार १९ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत