स्वास्थ्य

भ्याक्सिन नेशनलिजम् अर्थात् ‘खोप राष्ट्रवाद’ काे खतरा !

काठमाडौँ । कोरोनाभाइरसकालमा नयाँ नयाँ शब्दहरू सुन्न र देख्न पाइएको छ । जस्तै क्वारेन्टिन, सोशल डिस्टेन्सिङ्ग, कोभिड, नमस्कारम्, आइसोलेशन आदि । यी शब्दपश्चात् एक अर्को नयाँ शब्द थपिएको छ त्यो हो ‘भ्याक्सिन नेशनलिजम्’ अर्थात् ‘खोप राष्ट्रवाद’ ।

के हो भ्याक्सिन नेशनलिजम् ?

जब कुनै धनी वा विकसित देश कुनै भ्याक्सिन बन्नुभन्दा पहिले नै भ्याक्सिन बनाउने कम्पनीसँग डोज खरिद गर्ने सम्झौता वा डिल गर्दछ भने त्यसलाई ‘भ्याक्सिन नेशनलिजम्’ भनिन्छ ।

‘भ्याक्सिन नेशनलिजम्’ आज चर्चित शब्द बनेको छ कारण कोरोनाभाइरसको भ्याक्सिन हो । आशा छ कि आउने वर्षमा कोरोना भ्याक्सिन पाइनेछ । रुसले त भ्याक्सिन बनेको र ठूलो स्तमा उत्पादन पनि सुरु हुन लागेको बताएको छ । यस्तै चीनले पनि भ्याक्सिनको उत्पादन तयारी सुरु गर्ने भएको छ । अमेरिका, ब्रिटेन र भारतसमेत संसारका कयौँ देशहरुमा भ्याक्सिनको परीक्षण चलिरहेको छ ।

यहि हप्ता प्रेस कन्फेन्समा डब्लूएचओका निर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेससले संसारका सबै देशहरु भ्याक्सिन नेशनलिजमबाट बच्न भनेका छन् । उनले भने, ‘हामीलाई भ्याक्सिन नेशनलिजम् रोक्ने जरुरत छ । किनकी रणनीतिक रुपबाट आपूर्ति गर्नु हरेक देशको हितमा छ ।’

भ्याक्सिन नेशनलिजम् किन खतरनाक छ ?

ब्रिटेनले ९ करोड डोजको डिल गरेको छ भने अमेरिकाले अक्टूबरसम्म ३० करोड डोजको डिल गरेको छ । यस्तै यूरोपियन युनियनले भ्याक्सिनको ६० करोड डोजको डिल गरेको छ । जापानको पनि १२ करोड डोज डिल गरिसकेको छ । यसरी ठूला र धनी राष्ट्रहरु होडबाजीमा अग्रिम खोप सम्झौता गरिरहेका छन् ।

तर भ्याक्सिन नेशनलिजम् खतरनाक हुनुका तीन कारण औँल्याइएका छन् । पहिलोः धनी देशमा मात्र पुग्नेछ खोप, दोस्रोः गरिब देशमा महामारी वा झनै बिकराल अवस्था भए, तेस्रोः स्वाइन फ्लूमा देखिसकिएको छ यसको असर ।

यहि भएर पनि होला भ्याक्सिन नेशनलिजम् रोक्नको लागि गरिब र साना देशसम्म चाँडै भ्याक्सिन पुर्याउनको लागि ‘कोभेक्स’ नामको फाइनान्सिङ्ग स्कीम पनि सुरु भएको छ । यो स्कीममा गावी, डब्लूएचओ र कोएलिशन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेशन समावेश छन् । गावीका अनुसार, कोभेक्समा ब्रिटेनसमेत संसारका ७५ धनी देश सहभागी छन, जुन भ्याक्सिन आएपछि ९० भन्दा बढि देशमा भ्याक्सिन पुर्याउने काम गर्दछ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत