स्वास्थ्य

डायलिसिस गरिरहेका विरामीमा कोरोनाको जोखिम उच्च, सीडीसीले भन्यो- कुनैपनि चरणको क्रोनिक किड्नी विरामी खतरनाक

काठमाडौँ । क्रोनिक किड्नी रोगसँग जूधिरहेका विरामीको लागि दुःखको खबर छ । जोन्स हप्किन्स मेडिसिनका शोधकर्ताको नयाँ अध्ययनका अनुसार, क्रोनिक किड्नी विरामीको लागि हिमोडायलिसिस गराइरहेका नर्सिंग होममा भर्ना भएका विरामीमा कोरोनाभाइरसको संक्रमण हुने बढि खतरा हुनसक्छ । मोर्बिडिटी एण्ड मोर्टेलिटी विकली रिपोर्टमा दिइएको अध्ययनको जानकारीमा अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले प्रकाशित गरेको थियो ।

अध्ययनको लागि शोधकर्ताले अप्रिलमा २०० वेडमा भएका कोरोना केशको जाँच गरे । त्यहाँ कुल १७० विरामी भर्ना भएका थिए, जसमा ३२ लाई १६ देखि ३० अप्रिलबीच डायलिसिस ट्रीटमेन्ट दिइएको थियो । अध्ययन पूरा हुने बेला सम्म सबै विरामीमा सार्स कोभ २ को सम्पर्कमा आउनसक्ने सम्भावनाको जाँच गरिएको थियो ।

शोधकर्ताले यो पाए कि डायलिसिस गरिरहेका ३२ मा १५ अर्थात ४७% विरामी कोरोना पोजेटिभ पाइए । जबकि अर्का १३८ विरामीमा यो आंकडा केवल २२ अर्थात १६% रह्यो । जोन हप्किन्स यूनिभर्सिटी स्कूल अफ मेडिसिनमा फोर्थ इयरका मेडिकल छात्र तथा अध्ययनका मुख्य लेखक बेंजामिन बिग्लोले भने— नतिजाको आधारमा हामी मान्न सक्छौँ कि नर्सिंग होममा भर्ना भएर डायलिसिस गरिरहेका विरामीमा कोरोनाको जोखिम अन्यको तुलनामा धेरै छ ।

सोहि यूनिभर्सिटीका मेडिसिन असिस्टेन्ट प्रोफेसर मार्गन काट्जका अनुसार, हाम्रो अध्ययन यो बताउँछ कि कोभिड-१९ को केश रोक्नको लागि डायलिसिस गरिरहेका विरामीमा सुरक्षाको उपाय उच्चस्तरको बनाउनुपर्ने देखिन्छ । उनले भने, ‘यहिकारण महामारीको यो समयमा क्रोनिक किडनी विरामीलाई बचाउनु महत्वपूर्ण छ, किनकी उनीहरु बढि जोखिममा छन् ।’

हरेक चरणका क्रोनिक किड्नी विरामीमा खतरा

सीडीसीका अनुसार, कुनैपनि स्टेजका क्रोनिक किड्नी विरामीमा यो संक्रमणको जोखिम बढि छ । यहि भएर सुरक्षामा हेलचेक्राइँ गरिनुहुन्न । यदि तपाईंको किड्नी फेल भएमा तपाईंलाई हप्तामा कयौँपटक रगत फिल्टर गर्नुपर्ने हुन्छ ।

किड्नीको समस्या कसरी पहिचान गर्ने ?

यदि तपाईंलाई कुनैपनि समस्या महशुष गरिरहनुभएको छ भने डाक्टरसँग ब्लड र यूरिन जाँच गराउनुहोस् । यदि यूरिनमा प्रोटिन देखिए यो डायबिटीजको कारण किड्नीको रोग सुरु हुने संकेत हो । हरेक वर्ष जाँच गराउनुहोस् र यदि यूरिनमा प्रोटिन छ या किड्नी सामान्य तरिकाले काम नगरिरहेको भए धेरै परीक्षण गराउनुहोस् ।

किड्नी कसरी बचाउने ?

  • सीडीसीका अनुसार, ब्लड प्रेसर १४०/९० भन्दा कम राख्नुहोस् । कम नून भएको खाना खानुहोस् । फर र सब्जीको डाइट बढाउने । कोलेस्ट्रोल लेभलमा राख्नुपर्छ ।
  • यदि किड्नी फेल भए तपाईंलाई डायलिसिस ट्रीटमेन्टको जरुरत पर्दछ । यसकारण जाँच गराइरहनु पर्दछ साथै उपचार पनि ।
  • डायबिटीज छ भने हरेक वर्ष ब्ल्ड र यूरिनको जाँच गराउनुपर्दछ ।
  • मोटोपनाको शिकार भएमा थप कठिन हुन सक्छ । तौल नियन्त्रणमा राख्नु अपरिहार्य छ । सोहिनुसारको खाना योजना बनाउनुहोस् ।

किड्नीको उपचार गराउन नछाड्नुहोस् । चिकित्सकको सम्पर्कमा रहिरहनु पर्दछ । साथै तपाईं कुनैपनि रोगसँग जुधिरहनुभएको छ भने औषधि निरन्तर लिनुहोस, कम्तिमा पनि ३० दिनको दवाई सुरक्षित राख्नुहोस् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत