विशेष

संसारमा सैन्य शासनको समर्थन बढ्दो, सबैभन्दा खराब असर कमजोर लोकतन्त्र भएको देशमा

काठमाडाैँ । पछिल्लो २५ वर्षमा संसारभरमा लोकतन्त्रको अवस्था कमजोर भएको छ र निरंकुश शासन या तानाशाहीको समर्थन गर्ने मानिसको संख्या बढिरहेको छ । यसको सबैभन्दा असर कमजोर लोकतन्त्र भएका देशमा परेको छ । पश्चिमी देशमा अन्य देशको तुलनामा लोकतन्त्रलाई बढि समर्थन गर्ने रहेको पाइएको छ ।

यो जानकारी वर्ल्ड भ्यालूज सर्वे र यूरोपियन भ्यालू सर्वेको विश्लेषणबाट खुलासा भएको हो । यसमा संसारभरमा शासन व्यवस्थालाई लिएर मानिसको राय लिइन्छ ।

सर्वे अनुसार संसारमा तानाशाही या निरंकुश शासनको समर्थन बढिरहेको उल्लेख छ । १०% मानिसले लोकतन्त्रलाई खराब सम्म बताए । तर लोकतान्त्रिक शासन व्यवस्थाको समर्थनमा रहेका मानिसको संख्या योभन्दा करिब साढे चार गुणा छन् । एक चौथाई मानिसले सैनिक शासनको समर्थन गरे ।

सर्वेका अनुसार, अचम्म मान्नुपर्ने कुरा यो छ कि अमेरिका, बंगलादेश, फिलिपिन्समा सैन्य शासनको समर्थन बढिरहेको छ । १९९८ देखि अहिलेसम्म यी देशमा सैन्य शासनको समर्थन गर्नेको संख्या तीनदेखि पाँच गुणा सम्म बढेका छन् ।

सर्वेमा सद्दाम हुसैनको तानशाही झेलेको इराकमा लोकतन्त्रको माग बढेको उल्लेख छ । इराकमा १० मध्ये ४ व्यक्तिले लोकतान्त्रिक सत्ताको समर्थन गरेका छन् । तर रुसमा लोकतन्त्रलाई खराब बताउनेको संख्या करिब दुइगुणाले घटेको छ ।

यस्तै सर्वेले तानशाह या चुनावको चासो गर्ने नेतालाई सबैभन्दा बढि समर्थन मेक्सिकोमा मिलेको बताएको छ । यस्ता व्यक्तिको संख्या ३९% बाट बढेर ७०% पुगेका छन् । त्यहिँ न्यूजिल्याण्डमा यो संख्या २% घटेर १५% पुगेको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत