जीवनशैली

मास्क : खेलाैना कि जीवनदाता ? ‘स्प्रेड लभ, नट भाइरस’ (शब्द तस्बिरमा)

यो इटलीको तस्बिर हो । यो मास्कमा थ्रिडी प्रिन्टेड रेस्पिरेट्री बल्व फिटिंग छ ।

संसार कोरोनाभाइरससँग जुधिरहेको छ । यसकारण जोगिनको लागि विश्व स्वास्थ्य संगठन र प्रत्येक देशका स्वास्थ्य मन्त्रालयले मास्क अनिवार्य लगाउन जनतालाई अपिल गरेका छन् । मास्क लगाउँदा मुख र नाकबाट कणहरु छिर्नबाट जोगिने र कोरोनाभाइरसलगायतका भाइरसको आक्रमणबाट जोगिनसक्ने हुनाले पनि मास्क अहिलेको महत्वपूर्ण औजार बनेको छ ।

तर अहिले बचाउको लागि भन्दापनि फेशन र क्रिएटिभिटीको एक हिस्सा बन्न पूगेको छ मास्क । केहि देशमा यसको प्रयोग विरोधको रुपमा पनि गरिरहेका छन् । के मास्क कहर कि रहर ? हेर्नुहोस संसारमा मास्कको प्रयोग यसरी भइरहेको छ जसले संक्रमण रोक्छ वा रोक्दैन त्यसको उत्तर तपाईंको जिम्मा ।

फिलिपिन्सको राजधानी मनिलामा प्लास्टिकको वाटर टेंक मास्क । महामारीबाट बच्नको लागि अपनाइएको यो तरिका ।

डब्लूएचओको विरोधमा मास्कको यस्तो तरिका-बेप्रयोग ।

पत्तागोभी भएको मास्क । यो फोटो फिलीस्तीनको हो जुन भाइरल भएको छ ।

नेप्किन मास्क जुन फ्रान्सको तस्बिर हो ।

यो तस्बिर युगाण्डाको हो । गोलो मेटलको हिस्सालाई मास्कको रुपमा प्रयोग गरिएको छ ।

प्लास्टिक बोतलको मास्क जुन इन्डोनेशियाको तस्बिर हो ।

फेशनेवल मास्क जुन तस्बिर थाइल्याण्डको हो ।


यो माहामारीको समयमा देखाउने र विरोधको लागि भन्दापनि रोगबाट जोगिन लगाउनु जरुरी छ । यहि भएर होला भारतको हैदरावादमा यो मास्क लगाइएको छ जसमा लेखिएको छ— ‘स्प्रेड लभ, नट भाइरस ।’

तस्बिरहरूः विभिन्न एजेन्सीकाे सहयाेगमा ।
 

गाउँ सहर डेस्क

तपाईँको मत