स्वास्थ्य

एकपछि अर्को खुसीको खबर : रुसले अर्को भ्याक्सिन इपिभेककोरोना सार्वजनिक गर्ने तयारी

काठमाडौँ । विश्वमा अहिले बहस र संघर्ष छ त केवल कारोनाभाइरस जित्ने । यहि विषयमा दिन र राज बित्दो छ । विश्व भाइरससँग हरतरहले लडिरहेको छ । भ्याक्सिनको दौडमा सबै राष्ट्र निस्केका छन तर कुनैपनि भ्याक्सिनले अन्तिम चरणको बाटो टुंग्याउन सकेका छैनन् ।

यसै परिवेशमा रुसले पुनः अर्को भ्याक्सिन सार्वजनिक गर्ने खबर आएको छ । उसले दावी गरेको छ कि पहिलो भ्याक्सिन लगाएपछि जुन साइडइफेक्ट थिए, नयाँ भ्याक्सिनको डोजबाट त्यस्तो हुँदैन । भ्याक्सिनमा जुन औषधि प्रयोग गरिएको छ जुन रुसको टप सेक्रेट प्लान्टबाट मगाइएको हो । ड्रग साइबेरियाको सोभियत बायोलोजिकल विपन्स रिसर्च प्लान्टबाट मगाइएको हो ।

भ्याक्सिनको नाम इपिभेककोरोना (EpiVacCorona) राखिएको छ । यसको ट्रायल सेप्टेम्बरमा पूरा हुनेछ । भर्खरै रशियाले संसारको पहिलो कोभिड-१९ भ्याक्सिन स्पुतनिक वी सार्वजनिक गर्यो । यसलाई रुसको रक्षा मन्त्रालय र गामालेया रिसर्च सेन्टरले बनाएको थियो । यो भ्याक्सिन धेरै विवादमा रहेको छ ।

स्मरण रहोस् कोरोनाको १३ भ्याक्सिनमा अहिले काम भइरहेको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत