अर्थतन्त्र

आर्थिक मन्दीले हामीलाई कस्ताे असर पर्न सक्छ ?

काठमाडाैं । विश्वभरिका देशहरूले आर्थिक मन्दीकाे सामना गरिरहेका छन् । तर मन्दी भनेका ठ्याक्कै के हाे र मन्दीले हामीलाई कस्ताे असर गर्छ ?

कुनै देशकाे अर्थतन्त्र स्वस्थ हुँदा समयक्रममा त्यसकाे वृद्धि भइरहन्छ । अर्थात उसले उत्पादन गर्ने बस्तु तथा सेवाकाे मूल्य बढिरहन्छ । अधिकांश मानिसका लागि यस्ताे वृद्धि सुखद हुन्छ । यसकाे अर्थ थप राेजागरी एवम् कामदारका निम्ति बढेकाे ज्याला हाे । तर अर्थतन्त्र खुम्चन पनि सक्छ । 

यदि लगातार दुई त्रैमासिक आँकडामा अर्थतन्त्र खुम्चियाे भने मन्दी छाएकाे मानिन्छ । याे भन्दा अगाडी धेरै देशकाे अर्थतन्त्रमा एकैपटक मन्दी छाएकाे भनेकाे सन् २००७ मा थियाे । जब विश्वव्यापी संकट आइपर्‍यो त्यसकाे मुख्य कारण कर्जा संकट थियाे । किनकी अमेरिकामा कयाैँ घरायसी ऋणीहरूले किस्ता तिर्न सकेनन् । बैंकहरूसँग कर्जा दिने पैसा रित्तिन पुग्याे । जसले गर्दा अमेरिका र विश्वभरिका व्यवसाय र बैंकहरू संकटमा परे । 

काराेना भाइरसजस्तै कुनै ठूलाे आर्थिक उथल पुथल ल्याउने घटनाले पनि मन्दी ल्याउछ । लकडाउन तथा उपभाेक्ताकाे व्यवहारमा देखिने परिवर्तनका कारण खर्च, यात्रा तथा लगानीमा ठूलाे धक्का लागेकाे छ । अनि एक देशमा देखा परेकाे मन्दी अर्काे देशमा छिट्टै सर्न सक्छ । 

सन् १९९७ मा पूर्व तथा दक्षिण पूर्वी यसिया त्यस्तै भएकाे थियाे । थाइल्याण्डबाट फैलिएकाे संकट साे क्षेत्रभरि फैलिएकाे थियाे ।   

मन्दीले हामीलाई कस्ताे असर पर्न सक्छ ?

राेजगारी, गुम्छ, तलब र ज्याला घट्छ अनि कामका अवसर हराउँछन् । यी मन्दीका केही असरहरू हुन् । 

जब व्यवसाय र मानिसहरूले थाेरै कर तिर्न थाल्छन् त्यसले सार्वजनिक खर्च र सेवामा कटाैती हुन पुग्दछ । 

सरकारहरू अहिले काेराेनाभाइरस संकटकाे परिणामसँग जुधिरहेका छन् । याे कति गम्भीर र लामाे समयसम्म रहनेछ वा आर्थिक सुधार कति चाँडाे हुनसक्दछ भनेर कसैलाई थाहा छैन । 

 

 

 

गाउँ सहर डेस्क

तपाईँको मत