विश्व

डेमोक्र्याटहरू राष्ट्रपतिको चुनाव धाँधली गर्न लागिपरेको दाबी ट्रम्पको दाबी

  • एजेन्सी
  • ९ भदौ मंगलबार, २०७७ | ०७:५९:०० मा प्रकाशित

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन दलको राष्ट्रिय भेलामा पूर्व निर्धारित नगरिएको उपस्थिति जनाउँदै विपक्षी डेमोक्र्याटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका छन् ।

दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेका थिए ।

उनले त्यहाँ आफूलाई जिताए अमेरिका अघि बढ्ने बताउँदै भने, "यो चुनाव हामीले जित्नै पर्छ । यो हाम्रो देशको इतिहासकै सबभन्दा महत्त्वपूर्ण चुनाव हो । सबभन्दा ठूलो हो । हाम्रो देश अत्यन्त खराब दिशामा जान सक्छ या त अझै राम्रो उचाइमा पुग्न सक्छ । चीनबाट प्लेग आउनु अगाडि हामी त्यही राम्रो दिशामा गइरहेका थियौँ ।"

ताजा मत सर्वेक्षणहरूमा ट्रम्प विपक्षी उम्मेदवार जो बाइडनभन्दा पछाडि परिरहेका छन् ।

मत सर्वेक्षणहरूमा ट्रम्प निरन्तर बाइडनको पछि परेका छन् । 

एजेन्सी

तपाईँको मत