स्वास्थ्य

रुसभन्दा एक कदम अगाडि चीन, स्वीकृतिभन्दा पहिले चीनमा भ्याक्सिनलाई आपतकालीन प्रयोगमा अनुमति

काठमाडाैँ । स्वीकृति भन्दा अगाडि नै चीनमा भ्याक्सिनलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइएको छ । 

भ्याक्सिनलाई चीनकै एक कम्पनीले तयार गरेको हो । 

एक चीनी अधिकारीका अनुसार, भ्याक्सिनको प्रयोग गर्ने अनुमति भ्याक्सिन व्यवस्थापन कानून अनुसार दिइएको हो । कानून अनुसार, अनुमति प्राप्त भएपछि भ्याक्सिन ति व्यक्तिलाई दिन सकिन्छ जो उच्च जोखिममा छन् ।

मिडिया रिपोर्टका अनुसार, चीनमा जुलाईबाट नै विरामीमा भ्याक्सिन दिइरहेका छन् । योभन्दा पहिले रुसले आफ्नो भ्याक्सिन ‘स्पुतनिक-वी’ तेस्रो चरणको ट्रायल पूरा हुनुभन्दा अगाड नै दर्ता गराएर आश्चर्यमा पारेको थियो । साथै अर्को देशसम्म पुर्याउनको लाग उत्पादनको तयारीपनि थालेको थियो ।

भ्याक्सिनको आपतकालीन प्रयोगको चार योजना

  • पहिलोः व्यक्तिको अनुमति पछि नै भ्याक्सिन लगाइनेछ ।
  • दोस्रोः साइडइफेक्ट रोक्नको लागि लगातार मोनिटरिंग गरिनेछ ।
  • तेस्रोः यदि कुनै साइडइफेक्ट भए कसरी बचाउने, यसको पनि योजना छ ।
  • चौथोः कम्प्लिकेशन्स प्लान अनुसार नोक्सानीको भरपाई गरिनेछ ।

कोरोना भ्याक्सिन डेवलेपमेन्ट टास्क फोर्सका हेड झेंग झोंगवेका अनुसार, एक महिना पहिले २२ जुलाईमा आधिकारीक रुपमा कोभिड-१९ भ्याक्सिनलाई आपतलकालीन प्रयोगको लागि लन्च गरिएको थियो । त्यो समय भ्याक्सिनको लगातार ट्रायल भइरहेको थियो । जसलाई भ्याक्सिनको पहिलो डोज दिइएको थियो, उनीहरुमध्ये केहिमा हल्का रियाक्सन देखिएको थियो भने केहिमा ज्वरो पनि आएको थियो ।

भ्याक्सिन बनाउने चीनी कम्पनी सिनोफार्मका अनुसार बुधबार र शुक्रबार ट्रायलको लागि करारमा दस्तखत गरेको छ । भ्याक्सिनको तेस्रो चरणको ह्यूमन ट्रायल पेरु, मोरक्को र अर्जेन्टिनामा चाँडै हुँदैछ ।

झेंगका अनुसार, आउने ठंडी मौसममा महामारीलाई रोक्नको लागि योजना बनाइनेछ । भ्याक्सिन उपलब्धताको दायरा बढाइनेछ, विशेष गरी ति व्यक्तिमा जो फूड मार्केट र ट्रान्सपोर्टेशनसँग जोडिएका छन् ।

तर शंघाईका इम्यूनोलोजी विशेषज्ञ, ताओ लिनाका अनुसार, भ्याक्सिनलाई आपतकालीन प्रयोग ति व्यक्तिमा गरिँदैछ, उनीहरुको संख्या हजारौँसम्म पुग्न सक्छ । कयौँ स्थानमा भ्याक्सिनको डोज निःशुल्क उपलब्ध गराइँदैछ । भ्याक्सिन कतिमा लगाइयो, यसको सटीक आंकडा बताउन मुश्किल छ किनकी चीनी आर्मीले कुनै जानकारी दिएको छैन ।

जसले भ्याक्सिन लगाए, कस्तो रह्यो अनुभव ?

चीनी कम्पनीमा काम गर्ने वू भन्छन्, ७ अगष्टमा मलाई र मसँग काम गर्ने सहकर्मीलाई भ्याक्सिनको डोज निःशुल्क लगाइएको थियो । भ्याक्सिन लगाएपछि मेरो समूहमा कुनै ठूलो साइडइफेक्ट देखिएन ।

वू का अनुसार, जुनदिन भ्याक्सिन लगाइयो, त्यो दिन दिउसो हल्का रिंगटा लाग्यो तर तुरुन्तै ठिक भयो । छालामा पनि दाग र सूजन साथै दुखाई भएन । ज्वरो आएन । अब पछिल्लो डोज २८ दिनपछि लगाइने छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत