स्वास्थ्य

विश्वभर हाल ६६ लाख ९० हजार जनामा काेराेनाभाइरस सक्रिय, अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा बढी

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६६ लाख ९० हजार ५३० जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ६० लाख ८० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ३५ लाख ८३ हजार नाघेको छ भने मृतकको संख्या ८ लाख १२ हजार ५१३ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार ५१३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ५८ लाख ७४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ८० हजार ६०४ जनाले ज्यान गुमाइसकेका छन् भने १६ हजार ७१७ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३१ लाख ६७ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३१ लाख ५ हजार १८५ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ५७ हजार ६९२ जनाको ज्यान गइसकेको छ । जसमध्ये २३ लाख ३६ हजार ७९६ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ३१ हजार ९३५ जना पुगेका छन् भने १८ हजार ६३१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १४९ पुगेको छ भने १३ हजार १५५ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत