फोटो

निषेधाज्ञाकाे पाँचाैँ दिन शान्त छ काठमाडाैं सडक (दश तस्बिर)

काठमाडाैं । बुधबारदेखि काठमाडाैं उपत्यकामा निषेधाज्ञा छ । निषेधाज्ञाकाे आज पाँचाैँ दिन हाे । 

केही हप्ता यता काठमाडाैं उपत्यकालगायत देशभरि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सङ्क्रमणको दर बढ्दै गएपछि काठमाडाैं उपत्यकामा बुधबार रातिदेखि निषेधाज्ञा जारी गरिएको हाे ।

उपत्यकामा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ, जसका कारण काठमाण्डौ उपत्यकाका सडक सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञालाई प्रभावकारी बनाउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् ।

प्रशासनले निषेधाज्ञा पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सडकमा पैदल यात्रुसमेत कम सङ्ख्यामा देखिएका छन् ।

निषेधाज्ञा जारी भएकाे पाँचाैँ दिनमा काठमाडाैंका सडक हेर्नुस् तस्बिरमा–

 

तस्बिर- गाउँ सहर

गाउँ सहर डेस्क

तपाईँको मत