स्वास्थ्य

काेराेनाबाट विश्वभर मृत्यु हुनेकाे संख्या ८ लाख नाघ्याे, ६१ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६६ लाख ६२ हजार २०५ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ५८ लाख ९८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ३३ लाख ६८ हजार नाघेको छ भने मृतकको संख्या ८ लाख ८ हजार ३७९ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार ७३४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ५८ लाख ४१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ८० हजार १७४ जनाले ज्यान गुमाइसकेका छन् भने १६ हजार ७३९ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३१ लाख ४८ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३० लाख ४३ हजार ४३६ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ५६ हजार ८४६ जनाको ज्यान गइसकेको छ । जसमध्ये २२ लाख ७९ हजार ९०० जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ३१ हजार १७७ जना पुगेका छन् भने १८ हजार ३५० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १४६ पुगेको छ भने १२ हजार ६२१ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत