स्वास्थ्य

मल्हमले रोक्ला कोरोना ! संक्रमणबाट बच्ने नयाँ तरिका

अमेरिकामा ड्रग कन्ट्रोलरलाई अनुमति, दावी- यसले कयौँ तरिकाको भाइरस संक्रमण रोक्छ

काठमाडौँ । कोरोना संक्रमण रोक्नको लागि मल्हमको प्रयोग गर्न सकिन्छ । अमेरिकी वैज्ञानिकले यो मल्हमलाई ‘टिथ्रीएक्स’ नाम दिएका छन् ।

यो मल्हमको सफल प्रयोग पछि अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रशनले मल्हमको प्रयोग गर्न अनुमति दिएको छ । वैज्ञानिकको दावी यो छ कि यो मल्हम कोरोनासमेत कयौँ तरिकाको भाइरस संक्रमण रोक्न सक्छ ।

यो मल्हमको प्रयोग नाकमा लगाउनको लागि हुनेछ । वैज्ञानिकका अनुसार यो लगाएपछि एक यस्तो तह तयार हुन्छ, जसले गर्दा कोरोनासमेत अन्य भाइरसपनि भित्र पस्न सक्दैनन् ।

मल्हम अनुसन्धानसंग जोडिएको टेक्सासको कम्पनी एडभान्स पेनिट्रेशन टेक्नोलोजीका संस्थापक डा. ब्रिएर हबरका अनुसार, मल्हमको प्रयोगबाट बढ्दो कोरोना केशमा कमि ल्याउन सकिन्छ । किनकी कोरोना संक्रमणको फैलावट नाकबाट भइरहेको छ ।

डा. बिएनका अनुसार, यो एक ठूलो उपलब्धी हो । यो यस्तो सुरक्षाचक्र सावित हुनेछ जसको आशा थियो । यसले कोरोनासँग लड्नको लागि फ्रन्टलाइन ट्रिटमेन्ट जस्तै काम गर्नेछ । 

अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रिेशनले टिथ्रीएक्स लाई ‘ओभर-दि-काउन्टर दवाई’ को रुपमा मन्जुरी दिएको छ । यसको अर्थ यसलाई खरिद गर्नको लागि कुनै डाक्टर्सको प्रेस्कृप्सन चाहिँदैन । यसलाई मेडिकल स्टोर्सबाट किन्न सकिनेछ ।

अमेरिकी संस्थान मेसाच्युसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीको अनुसन्धान भन्छ— प्राथमिक रुपमा कोरोना शरीरमा नाकबाट सजिलैसँग पस्छ । यसपछि मुख र आँखाबाट कोरोना संक्रमणको केश आउँछन् । 

गाउँ सहर डेस्क

तपाईँको मत