स्वास्थ्य

भारतमा आज अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिनको तेस्रो चरणको ट्रायल, २० केन्द्रमा १६०० सहभागी हुने

  • एजेन्सी
  • ६ भदौ शनिबार, २०७७ | ०७:२१:०० मा प्रकाशित

भारतमा अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिन ट्रायल २२ अगष्ट अर्थात आजबाट सुरु हुनेछ । देशभरका २० केन्द्रमा भ्याक्सिनको ट्रायल हुनेछ । यसमा मुम्बई, पुणे, अहमंदाबाद रहेका छन् । ट्रायलमा १६०० जना सहभागी हुनेछन् । आज करिब १०० जनामा भ्याक्सिनको डोज दिइने बताइएको छ ।

अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाको भ्याक्सिन ट्रायल भारतको सीरम इन्स्टिच्यूटले गर्दैछ । भारतमा यो भ्याक्सिन कोविशिल्डको नामले लन्च हुँदैछ । सीरम इन्स्टिच्यूटका अनुसार, देशभरमा २० स्थानमा भ्याक्सिनको ट्रायल हुनेछ, यसमा कोभिड-१९ का ५ हटस्पटपनि समावेश हुनेछन् । 

एजेन्सी

तपाईँको मत