स्वास्थ्य

तिमी कहिले आउँछौ ?

[जाे पहिला भएपनि भ्याक्सिन आउनुपर्याे]

काठमाडाैँ । काेराेनाकाे कहर अब भ्याक्सिनबाट मात्र सम्भव भएकाे विश्वका स्वास्थ्य संस्थाहरूले बताइसकेका छन् । कसैले त काेराेना नै वैश्विक राजनीति पनि हाे भनेर आराेप पनि लगाइरहेका छन् । यसैबीच रूसले त भ्याक्सिन बनाइसकेकाे दावी पनि गरेकाे छ । यस्तै काेराेना भ्याक्सिनकाे दाैडमा अमेरिका, चीन, लण्डनकाे दाैड द्रूत गतिमा छ । यता छिमेकी देश भारतपनि खाेपकाे याे दाैडमा हिँडिरहेकै छ ।

विश्वमा भाइरसका कारण ज्यान गूमाउनेकाे संख्या ८ लाखकाे नजिक पुगिसकेकाे छ भने ६१ हजार माथिकाे अवस्था गम्भीर छ । यति ठूलाे विश्वमा सबैकुरा मान्छेले गरेकाे भनिरहँदा र प्रगतिकाे उचाे चर्चा गरिरहँदा भ्याक्सिनकाे उपस्थिति हुन सकेकाे छैन । विश्वका वैज्ञानिकहरू भ्याक्सिन जन्मकाे लागि २४सै घण्टा लागिपरेका छन तर अझै भ्याक्सिनकाे जन्म निश्चित भएकाे छैन । भ्याक्सिनकाे अभावमा झनै ज्यानहरू गइरहेकाे छ ।

केहि समय अघि विश्व स्वास्थ्य संगठनले २२ जुनमा कोभिड-१९ खाेप (भ्याक्सिन) को मस्यौदा परिदृश्य जारी गरेको थियाे । उसका अनुसार, सार्स कोभ-२ भाइरस जसले कोरोनाभाइरस विरामी हुन्छ, यसको लागि १३ वटा भ्याक्सिनको चिकित्सकीय मुल्यांकन चरण (क्लिनिकल इभ्यालूएशन स्टेज) मा छन् । अक्सफोर्ड यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुले मानवमा भ्याक्सिनको परीक्षण हुनु अघि नै सुरु गरिसकेका छन् । 

१३ भ्याक्सिन कुन कुन हुन जुन क्लिनिकल इभ्यालूएशनमा छन र कुन चरणमा छन् ?

१. यूनिभर्सिटी अफ अक्सफोर्ड र एस्ट्राजिनेका पिएलसी (अन्तिम चरणमा)
२. बेइजिंग इन्ट्च्यिूट अफ टेक्नोलोजी र केनसिनो बायोलोजिकल इंक (दोस्रो चरण)
३. नेशनल इन्ट्च्यिूट अफ एलर्जी एण्ड इन्फेक्शियस डिजीजेज (यूएस) र मोर्डेना इंक (दोस्रो चरणमा)
४. वुहान इन्ट्च्यिूट अफ बायोलोजिकल प्रोडक्ट्स र साइनोफार्म (चरण १/२)
५. बेइजिंग इन्ट्च्यिूट अफ बायोलोजिकल प्रोडक्ट्स/साइनोफार्म (चरण १/२)
६. साइनोवैक (चरण १/२)
७. बायोएनटेक/फोसन फार्म/फिजर प्लेटफार्म आरएनए (चरण १/२)
८. नोभावेक्स (चरण १/२)
९. चाइनीज एकेडेमी अफ मेडिकल साइन्सेज (चरण १)
१०. इनोभियो फर्मास्यूटिकल्स (चरण १)
११. गेमलेया रिसर्च इन्स्टिच्यूट (चरण १)
१२. इम्पेरियल कलेज, लण्डन (चरण १)
१३. क्योरवैक (चरण १)

यसैबीच रसियाले खाेप बनेकाे दावी गरेकाे छ । स्वयं राष्ट्रपति भ्लादिमीर पुटिनकाे याे कुराकाे खुलासा गरेका छन् । तर अमेरिका र विश्व स्वास्थ्य संगठनले रसियाले पूर्ण क्लिनिकल टेस्ट नगरेकाे र साेकाे विश्वास दिलाउनुपर्ने बताइरहेका छन् ।

भ्याक्सिन जसले उत्पादन गरेर पहिलो हुनेभन्दा उत्पादन गरेर रोग नियन्त्रण गर्नुपर्ने तर्कहरू पनि उठेका छन् । तर भ्याक्सिनको प्रभावकारीता हुनुपर्ने कुरालाई कसैले नकार्न भने सक्दैन । राजनीति कम गरौँ पहिला विश्वमा वैज्ञानिक रहेछन भन्ने पनि पारौँ । सबैकुरा विर्सिएर भ्याक्सिन ल्याऔँ र विश्व बचाउँ ।

गाउँ सहर डेस्क

तपाईँको मत