विश्वभर काेराेना संक्रमित २ करोड २८ लाख ६० हजारमध्ये १ करोड ५५ लाख जना निकाे
- गाउँ सहर डेस्क
- ५ भदौ शुक्रबार, २०७७ | ०८:४०:०० मा प्रकाशित
काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६५ लाख ४७ हजार ३९९ जनामा काेराेनाभाइरस सक्रिय छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ५५ लाख १५ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड २८ लाख ६० हजार नाघेको छ भने मृतकको संख्या ७ लाख ९७ हजार १०७ पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार ८४५ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ५७ लाख ४६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ७७ हजार ४२४ जनाले ज्यान गुमाइसकेका छन् भने १६ हजार ८१७ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३० लाख ९५ हजार भन्दा बढि जना निको भइसकेका छन् ।
छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २९ लाख ४ हजार ३२९ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ५४ हजार ९७५ जनाको ज्यान गइसकेको छ । जसमध्ये २१ लाख ५७ हजार ९४१ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
नेपालमा भाइरस संक्रमित २९ हजार ६४५ जना पुगेका छन् भने १७ हजार ९६४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १२६ पुगेको छ भने ११ हजार ५५५ जना उपचाररत छन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस