स्वास्थ्य

मुखकाे कणबाट मात्र हाेइन, धूलाेबाट पनि फैलन सक्छ भाइरस

काठमाडाैँ । काेराेनाभाइरससँग जाेडिएर आश्चर्य लाग्ने कुरा सार्वजनिक भएकाे छ ।

भाइरसको संक्रमणलाई लिएर एक ठूलो खुलासा भएको छ । हावामा फैलने भाइरस धूलो, फाइवर या अन्य सूक्ष्म कणको माध्यमबाट पनि मानिसको शरीरमा प्रवेश गर्न सक्छ।

अहिलेसम्म यो विश्वास गरिएको थियो कि कोरोनाभाइरस केवल मुखबाट निस्कने कणबाट मात्र फैलन्छ भनेर । यहि कारण कोरोनाकालमा मानिसहरुलाई मास्क लगाउन अपिल गरिएको छ । यसले गर्दा एक व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा अर्कोमा भाइरस प्रवेश नहोस् । तर धूलोको माध्यमबाट संक्रमण फैलने कुराले भने नयाँ चुनौति पैदा गर्न सक्छ ।

अमेरिकी यूनिभर्सिटीको अनुसन्धानबाट भयो खुलासा

धूलोबाट भाइरस फैलन खतरा रहेको अमेरिकाको क्यालिफोर्निया यूनिभर्सिटीमा हालै भएको अनुसन्धानमा जनाइएको छ । अनुसन्धान समूहको नेतृत्व गरिरहेका विलियम रिस्टेनपार्टका अनुसार— यो रिपोर्ट भायरोलोजिस्ट र महामारी विशेषज्ञको लागि आश्चर्यको कुरा हुन सक्छ । किनकी अहिले यहि तथ्यलाई देखेर काम भइरहेको छ कि भाइरस केवल मुखको ड्रपलेट्सबाटमात्र फैलन्छ ।

निर्जीव वस्तुबाट संक्रमण फैलने खतरा

अहिलेसम्म संक्रमणबाट बच्नको लागि उपयोग गरिएको टिश्यू या ढोकाको हेन्डलबाट सतर्क रहन सल्लाह दिइन्थ्यो । तर नयाँ अनुसन्धानबाट यो कुराको खुलासा भएको छ कि भाइरस यसमा मात्र सीमित छैन । कयौँ अन्य बाटोबाट पनि संक्रमणको खतरा हुनसक्छ । तर, सबै इन्फ्लूएन्जा भाइरसमा संक्रमण यसरी नै फैलियो, यो कुरा स्पष्ट भने छैन ।

यसरी गरिएको थियो अनुसन्धान

के एक निर्जीव पार्टिकलको माध्यमबाट भाइरस अर्काको शरीरमा प्रवेश गर्न सक्छ ? यो प्रश्नको जवाफको लागि शोधकर्ताले कागजमा भाइरसलाई राखे, कागजलाई सुक्नको लागि छाडियो । कागज सुकेपछि त्यसलाई साना साना पार्टिकल्समा परिवर्तन हुने मेशिनमा राखियो । मेशिनबाट ९०० किलोमिटर प्रतिघण्टाको रफ्तारले यी पार्टिकल्सलाई छाडियो । शोधकर्ताले यो पाए कि यदि श्वासको माध्यमबाट यो पार्टिकल्स कुनै जीवभित्र जान्छ । र उ संक्रमित हुन सक्छ । यो प्रयोग सुँगुरमा गरिएको थियो ।

एक महिना पहिले डब्लूएचओले पनि स्वीकारेको थियो हावाबाट पनि संक्रमण सर्न सक्ने कुरा

डब्लूएचओले हावामा कोरोनाभाइरसको संक्रमण फैलने कुरा अघिल्लो महिना मात्र स्वीकार गरेको थियो । सोभन्दा अघि उसले स्वीकार गरेको थिएन । ३२ देशका २३९ वैज्ञानिकले हावाको माध्यमबाट पनि कोरोना सर्ने दावी गरेका थिए । जब ती वैज्ञानिकले पत्र लेखेर डब्लूएचओलाई बुझाए तब संस्थाले स्वीकार गरेको थियो । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत