स्वास्थ्य

हालसम्म विश्वभर काेराेना संक्रमित २ करोड २५ लाख मध्ये ७ लाख ९० हजारकाे मृत्यु, ६१ हजार गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६४ लाख ७८ हजार ४२८ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ५२ लाख ९१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड २५ लाख ६० हजार नाघेको छ भने मृतकको संख्या ७ लाख ९० हजार १९ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार ९२९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ५७ लाख भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ७६ हजार ३३७ जनाले ज्यान गुमाइसकेका छन् भने १६ हजार ८७५ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३० लाख ६२ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २८ लाख ३५ हजार ८२२ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ५३ हजार ९९४ जनाको ज्यान गइसकेको छ । जसमध्ये २० लाख ९६ हजार ६८ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २८ हजार ९३८ जना पुगेका छन् भने १७ हजार ७०० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १२० पुगेको छ भने ११ हजार ११८ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत