स्वास्थ्य

कोरोनाको लक्षणमा अहिलेसम्मकै ठूलो अनुसन्धान : सबैभन्दा पहिले ज्वरो, फेरि खोकी, मांसपेशी दुख्ने अनि उल्टी

काठमाडौँ । अमेरिकी वैज्ञानिकका अनुसार, रोगीमा कोरोनाको लक्षण क्रमिक रुपमा देखिन्छ । उनीहरुका अनुसार, संक्रमण भएपछि पहिले ज्वरो आउँछ अनि खोकी, मांसपेशीमा दुखाइ र उल्टी आउने गर्दछ । त्यसपछि डायरियाको लक्षण देखिन्छ । 

यो दावी साउथर्न क्यालिफोर्निया यूनिभर्सिटीका शोधकर्ताले गरेका हुन् । शोधकर्ता पीटरका अनुसार, रोगीमा लक्षण यसकारण देखिन्छ किनकी शरीरमा विरामीको विशेष किसिमको मिल्दोजूल्दो चक्र चल्ने गर्दछ ।

शोधकर्ता पीटरका अनुसार, यो अनुसन्धानको नतिजाले चिकित्सकलाई विरामीको अवस्था थप बिग्रनबाट जोगाउन मद्यत गर्दछ । यस्तो लक्षण सुरुवाती स्तरमा देखिन्छ जसलाई हेरेर चिकित्सक अर्को चरणलाई बुझ्न सक्छन र यो तय गर्न सक्छन कि विरामीलाई सेल्फ आइसोलेट गर्नुपर्छ वा पर्दैन । यो अनुसन्धानको परिणामले अस्पतालमा बढेको कोरोना पीडितको भिड कम गर्न सक्दछ ।

शोधकर्ताका अनुसार, विश्व स्वास्थ्य संगठनले चीनका ५५ हजार भन्दा धेरै कोरोना रोगीको तथ्यांक तयार गर्यो । यो तथ्यांकमा अनुसन्धान भयो । यसको अलावा चाइना मेडिकल ट्रिटमेन्ट ग्रुपले ११ डिसेम्बर २०१९ देखि २९ जनवरी २०२० सम्म ११०० कोरोना पीडितको छुट्टै तथ्यांक तयार गर्यो । यसलाई पनि अनुसन्धानमा समावेश गरियो ।

शोधकर्ता जोसेफ जार्सेनका अनुसार, कोभिड-१९, सार्स र मर्स तीनै महामारीमा एउटा कुरा साझा छ । यसको संक्रमण हुँदा पहिले दुई लक्षण ज्वरो र खोकी आउँछ । तर कोभिड-१९ मा उल्टी र डायरियाका लक्षण पनि देखिन्छ तर मर्स र सार्समा यस्तो हुँदैन ।

नतिजा भन्छ— कोरोनाका केहि विरामीमा सुरुवाति चरणमा डायरिया हुन्छ । अहिलेसम्म आएको तथ्यांक अनुसार, यदि डायरियाको लक्षण देखिन्छ भने उसमा निमोनिया भएको थियो भन्ने बुझ्नुपर्छ । तर अहिले सबैभन्दा बढि विरामीमा संक्रमणको सुरुवातमा ज्वरोबाट भएको छ । यसपछि क्रमशः डायरिया हुन्छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत