स्वास्थ्य

‘बन्द कोठामा काम गर्ने दन्त चिकित्सकलाई कोरोनाको सबैभन्दा खतरा’

काठमाडौँ । संसारभर बढिरहेको कोरोना र त्यसले पुर्याएको असरका बारेमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मानिसलाई दाँतको चेकजाँच नगर्न अपिल गरेको छ । 

उसका अनुसार, महामारीको समयमा दाँतको जाँच गराउँदा कोरोना संक्रमणको खतरा छ । डब्लूएचओले विशेष गरी डेन्टल क्लिनिक्सको लागि गाइडलाइन जारी गरेको छ । 

गाइडलाइनका मुख्य कुरा

  1. डब्लूएचओका अनुसार यदि दाँतको नियमित चेकअप गराउनुहुन्छ भने यो समय यसबाट बच्नुहोस् । जबसम्म कोरोना संक्रमण घट्दैन तबसम्म चेकजाँच नगराउनुहोस् ।
  2. महामारीको यो समय आफैँ हेरचाह गर्नुहोस् । आपतकाल नै भए फोन वा भिडियो कन्फरेन्सबाट डाक्टरसँग सल्लाह लिन सक्नुहुन्छ । टेलिकम्यूनिकेशनबाट पनि धेरै हदसम्म संक्रमण फैलनबाट रोक्न सकिन्छ ।
  3. यो समय हेल्थ एक्सपर्ट संक्रमणको हाई रिस्कमा छन् । यो यस्तो स्थान हो जहाँ एक अर्कामा संक्रमण फैलन सक्छ । यसमा डेन्टल क्लिनिक, हस्पिटल्स, पब्लिक ट्रान्सपोर्ट, कम हावा छिर्ने कोठा आदिमा कोरोना फैलने खतरा बढि हुन्छ । डब्लूएचओका अनुसार, ओरल हेल्थ वर्कर्स लामो समयसम्म कोरोनाको विरामीको सम्पर्कमा छन् । यस्तो अवस्थामा जाँच गराउँदाको समय भाइरस लारको माध्यमबाट संक्रमित गर्न सक्छ । यस्ता उच्च जोखिम स्थानमा  प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाबाट संक्रमित व्यक्तिबाट कोरोना तपाईंमा पुग्न सक्छ ।
  4. डेन्टल क्लिनिकमा तिन तरिकाबाट कोरोना फैलन सक्छ । पहिलो— खोक्दा, हाच्छिउँ गर्दा सिधै ड्रपलेट्सबाट । दोस्रो— कसैको आँखा, नाक या मुखको लारबाट । तेस्रो— संक्रमित सतहलाई छुँदा वा सम्पर्कमा आउँदा ।
  5. यदि मुखको संक्रमण भए, सूजन भए, दवाइले पनि नियन्त्रण नभए वा लामो समयबाट रगत बगेमा मात्र उपचारको लागि जानु पर्दछ । नत्र सामान्य उपचारको लागि नाम दर्ता गर्नबाट बच्नुहोस् ।

डब्लूएचओले ओरल हेल्थ एक्सपर्टसँग आग्रह गरेका छन्— पहिले विरामीलाई भिडियो कन्फरेन्सबाट हेर्नुहोस, यदि आपतकालिन भएमात्र क्लिनिक बोलाउनुहोस् । सो समय एक्सपर्टले अवस्य पीपीई किट लगाउनु होला ।
 

गाउँ सहर डेस्क

तपाईँको मत