स्वास्थ्य

६० वर्षका यी ज्यानमारा भाइरसहरू : ‘कोरोना’ सबैभन्दा संक्रामक

काठमाडौँ । संसारभर अहिले कोरोना महामारीको चपेटा छ । ७ लाख ७३ हजार भन्दा बढीको भाइरसका कारण मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ । नेपालमा १०४ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २६ हजार नाघेको छ ।

कोरोना यस्तो भाइरस बनेको छ जुन २१५ देश तथा भूभागमा फैलिएको छ । योभन्दा पहिले कुनैपनि भाइरसले एकैसाथ यतिविघ्न स्थान पिरोलेको थिएन । कोरोनाको चपेटामा आएका ५% को ज्यान गइसकेको छ । पछिल्लो ८ वर्षमा भाइरसको संक्रमण जति बढ्यो, यसमा कोरोना सबैभन्दा बढी देशमा फैलिइरहेको छ ।

आजभन्दा ५३ वर्ष अगाडि १९६७ मा सर्बिया र युगोस्लाभियामा सबैभन्दा पहिले देखिएको मारबर्ग भाइरस २०१४ सम्म देखियो । १३ देशमा यो भाइरसको असर देखियो जसमा सबैभन्दा बढी अफ्रिकामा देखियो । अहिलेसम्म भाइरसको ५८७ केश आएका छन जसमा ४४५ जनाको मृत्यु भयो जुन ८०% मृत्युदर हो ।

सन् २००३ बाट देखिएको बर्ड फ्लू २०१९ सम्ममा १७ देशमा फैलियो जसमा ८६१ केश देखिए भने ४५५ जनाको मृत्यु भएको छ जुन मृत्युदरको ५३% हो ।

इबोला सन् १९७६ मा देखियो । यो ४४ वर्षमा १६ देशमा फैलिएको यो भाइरसका कारण ३१ केशमध्ये २८ हजार बढी सिरीया, लाइबेरिया र गिनीमा देखियो । यो भाइरसबाट मृत्युदर ४०% देखियो ।

अर्को मर्स भाइरस सन् २०१२ मा देखियो । २७ देशमा फैलिएको यो भाइरसका २,४९४ केश आए जसमा ८५८ जनाको मृत्यु भयो जुन ३४% हो ।

सार्स भाइरसको सबैभन्दा बढी केश चीन र हंगकंगमा देखियो । यो भाइरस ३० देशमा फैलिसकेको छ । अहिलेसम्म ८,४३७ केश आएका छन भने मृतकको संख्या ८१३ पुगेको छ जुन मृत्युदरको १०% हो ।

तर कोरोनाभाइरस एक यस्तो विशालू भाइरस बनेको छ जुन एकैसाथ २१५ देश र भूभागमा फैलिएको छ भने विश्व एकैसाथ अक्रान्त बनेको छ । यो भाइरसका कारण सबै गतिविधिहरु प्रायः ठप्प छन् । विश्व एकसाथ भाइरसलाई पछि पार्न लडिरहेका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत