स्वास्थ्य

विश्वभर हाल ६४ लाख ९३ हजारमा काेराेनाभाइरस सक्रिय, ६४ हजार जनाको अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६४ लाख ९३ हजार ४७७ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ४५ लाख ५८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड १८ लाख २४ हजार नाघेको छ भने मृतकको संख्या ७ लाख ७३ हजार ३२ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६४ हजार ३२३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ५५ लाख ६६ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ७३ हजार १२८ जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार २३७ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २९ लाख ३२ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २६ लाख ४७ हजार ३१६ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ५१ हजार ४५ जनाको ज्यान गइसकेको छ । जसमध्ये १९ लाख १८ हजार ७६ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २६ हजार ६६० जना पुगेका छन् भने १७ हजार ३३५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १०४ पुगेको छ भने ९ हजार २२१ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत