गाउँ सहर

कोरोनाभाइरसको सन्देश सुन्ने तर पालना नगर्ने हाे भने तपाइँकै लागि 'आत्मघाती' हुनसक्छ

काठमाडाैं । लकडाउन अघि र पछि सङ्क्रमणको दर २.८ रहेकाे दर पछिको समयमा सङ्क्रमित दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । अहिले याे दर बढेर बढेर ३.६ प्रतिशत पुगेको छ ।

स्वास्थ्य विज्ञ तथा स्वास्थ्य मन्त्रालयका अनुसार लकडाउन खुकुलो बनाएलगत्तै मानिसहरूको आवतजावत बढेको र जनस्वास्थ्यको मापदण्ड धेरैले पालना नगरेको कारण सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको बताउँछन् ।

सार्वजनिक स्थलमा मानिसहरूको मास्क नलगाउने र भौतिक दूरी कायम नगर्ने कारणले भविष्यमा स्वास्थ्यसम्बन्धी गम्भीर सङ्कट निम्तिनसक्ने चिन्ता विज्ञहरूको छ ।

लकडाउन खुकुलो पार्नुभन्दा ११ दिनअघि असार २७ गतेदेखि साउन ६ गतेसम्म झन्डै ४८,००० पीसीआर परीक्षण हुँदा १,३४५ मा सङ्क्रमण देखिएको थियो ।

तर लकडाउन खुकुलो भएपछिको ११ दिन साउन ७ गतेदेखि १७ गतेसम्म झन्डै ५८,००० परीक्षणमध्ये २,०९२ वटामा कोरोनाभाइरस देखियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रिपरिषद् बैठकदेखि सडकमा हिँडडुल गर्नेसम्मले मास्क खोलेर कुरा गर्ने, सामाजिक दूरी कायम नगरी बस्ने, हिँड्ने तथा लगाए पनि मानिससँग कुराकानीका बेला खोल्ने गरेकाे बताए ।

सरकारसँग लकडाउन सुरु गरेको समयमा आईसीयू शैय्या १,५५१ र ७७० भेन्टिलेटर रहेकोमा अहिले त्यो सङ्ख्यामा २०० जति मात्रै वृद्धि भएको भएकाे छ ।

अहिलेको अवस्थामा सरकारले जारी गरेको जनस्वास्थ्यसम्बन्धी मापदण्ड नमाने कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा वृद्धि हुनसक्ने उनले डा. गाैतमले बताए ।कोरोनाभाइरस सङ्क्रमणको सन्देश देशभरिका ८० देखि ८५ प्रतिशत जनसङ्ख्यामा पुगेको उनले दाबी गरे ।

 

त्यसाे त लकडाउन खुल्नु भनेकै सङ्क्रमणको जोखिम सकियो भन्ने तरिकाले सर्वसाधारणले बुझेकाे पाइन्छ । सङ्क्रमितको सङ्ख्या बढेपछि ठूला सहरहरू वीरगञ्ज, नेपालगञ्ज, विराटनगर र झापामा पुन: लकडाउन लगाइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत