प्रेरणा

यी पाँच श्लोक जसले तपाईं आफैँ छुट्याउन सक्नुहुन्छ को राम्रो र को नराम्रो मान्छे !

काठमाडौँ । हामीलाई कुन व्यक्ति राम्रो र कोबाट टाढा रहनुपर्छ भन्ने कुरा पत्ता लगाउन कठिन हुन्छ । तर यसले नै जीवन र जगत चल्ने गर्दछ ।

चाणक्य नीति, विदुर नीति, पंचतंत्र, सुभाषितानीदेखि लिएर भृतहरि शतकसम्म यस्ता कयौँ ग्रन्थ छन जहाँ यो कुराको बारेमा सटिक जानकारी दिइएको छ । यस्तै श्लोकमध्ये आसपासमा भएका व्यक्तिको व्यक्तित्व, चरित्र र विचारको बारेमा अनुमान लगाउन सकिन्छ ।

स्वभावो नोपदेशेन शक्यते कर्तुमन्यथा।
सुतप्तमपि मानीयं पुनर्गच्छति शीतताम्।।

अर्थात्ः कुनै व्यक्तिलाई तपाईं जतिनै सल्लाह दिनुहोस तर उसको मूल स्वभाव बदलिँदैन, ठिक त्यस्तै जसरी चिसो पानी उमाल्दा पनि त्यो तातो नै हुन्छ तर पछि त्यो चिसो हुन्छ ।

 दोषाः पुरुषेणेह हातव्या भूतिमिच्छता।
निद्रा तद्रा भयं क्रोधः आलस्यं दीर्घसूत्रता।।

अर्थात्ः कुनै व्यक्ति बर्बाद हुनको लागि ६ कारण हुन्छन्— निन्द्रा, रिस, डर, तन्द्रा, आलस्य र काम टाल्ने बानी ।

यथा चितं तथा वाचो यथा वाचस्तथा क्रियाः।
चित्ते वाचि क्रियायांच साधुनामेक्रूपता।।

अर्थात राम्रा व्यक्ति त्यहि बोल्छन, जो उनको मनमा लाग्छ । राम्रा व्यक्ति जे बोल्छन, त्यहि गर्छन् । यस्ता पुरुषको मन, वचन र कर्ममा समानता हुन्छ ।

अनाहूतः प्रविशति अपृष्टो बहु भाषते।
अविश्वस्ते विश्वसिति मूढचेता नराधमः।।

अर्थात्ः कुनै स्थानमा नबोलाई जानु, नसोधी बढी बोल्नु, जसलाई विश्वास नगर्नुपर्ने हो, उसमा विश्वास गर्नु मुर्ख व्यक्तिको लक्षण हो ।

द्वौ अम्भासि निवेष्टव्यौ गले बद्ध्वा दृढां शिलाम्।
धनवन्तम् अदातारम् दरिद्रं च अतपस्विनम्।।

अर्थात्ः दूई प्रकारका व्यक्तिको गलामा पत्थर बाँधेर उनलाई समुन्द्रमा फ्याँकिदिनु पर्छ । पहिलो जो धेरै धनी छ तर दान गर्दैन र अर्को जो गरिब तर कठिन परिश्रम गर्दैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत