स्वास्थ्य

विश्वभर काेराेना संक्रमित २ करोड १६ लाख, १ करोड ४३ लाख जना निकाे, ६४ हजारको अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६५ लाख १२ हजार २४४ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ४३ लाख २३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड १६ लाख ४ हजार नाघेको छ भने मृतकको संख्या ७ लाख ६८ हजार ७३९ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६४ हजार ४५४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ५५ लाख २९ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ७२ हजार ६०६ जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार १८६ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २९ लाख भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २५ लाख ८९ हजार २०८ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ५० हजार ८४ जनाको ज्यान गइसकेको छ । जसमध्ये १८ लाख ६० हजार ६७२ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २६ हजार १९ जना पुगेका छन् भने १७ हजार २०१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १०२ पुगेको छ भने ८ हजार ७१६ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत