जीवनशैली

हरितालिका तीज, व्रत राख्दै हुनुहुन्छ ? जान्नुहोस् यी विशेष नियम

काठमाडौँ । हरितालिका तीज व्रत विवाहितको लागि सबैभन्दा उत्तम मानिन्छ । मान्यता यो छ कि यो दिन माता पार्वती र भगवान शिवको आराधनाबाट अखण्ड सौभाग्य प्राप्त हुन्छ । भनिन्छ यो व्रत राख्दा कुमारी कन्याले मनले चाहेको वर मिल्दछ । 

यसपटक २१ अगष्ट अर्थात भाद्र ५ गते तीज परेको छ । हरितालिका तीज व्रत भाद्रपद शुक्ल पक्षको तृतिया तिथिमा राखिन्छ ।

तीज व्रत हरेक स्त्रीको लागि विशेष र लाभकारी मानिएको छ । तर विशेष नियमको कारण यो व्रतलाई कठिन व्रत मानिन्छ ।

आउनुहोस् जानौँ यस व्रतका विशेष नियम:-

  1. यदि तपाईं एक पटक हरितालिका तीजको व्रत राख्नुहुन्छ भने हरेक वर्ष राख्नुपर्छ । यदि कुनै कारणवश तपाईंले व्रत छाड्न चाहुनुहुन्छ भने उद्यापनपछि कसैलाई व्रत दिन सक्नुहुन्छ ।
  2. हरितालिका तीज व्रत महिलाले २४ घण्टासम्म बिना अन्न र जल गर्दछन् । स्थानअनुसारको नियम हुनसक्छ ।
  3. भनिन्छ यो व्रतलाई केवल विवाहितले राख्दछन् ।
  4. हरितालिका तीज व्रतमा माता पार्वती र भगवान शिवको विधि-विधानले पूजा गरिन्छ ।
  5. तीज व्रतको दिन रात्री जागरण गर्नु पर्दछ । राती भजन किर्तन गर्नु शुभ मानिन्छ ।
  6. सुहागको भाँडामा श्रृंगारको सामान राखेर माता पार्वतीलाई चढाउनु पर्दछ ।
  7. भगवान शिवलाई धोती र गाम्चा अर्पित गर्नु पर्दछ । पूजापछि सुहागको सामाग्रीलाई मन्दिरको पुरोहित या गरिबलाई दान गर्ने चलन छ ।
  8. पछिल्लो दिन शिव पार्वतीको पूजा पछि प्रसाद बाँडिन्छ र सो पछि प्रसाद ग्रहण गरिन्छ । तर स्वास्थ्य बिग्रने भएकोले यस्तो कठिन नियमको पालनामा अपरिहार्य गर्नु भने हुँदैन ।
     

गाउँ सहर डेस्क

तपाईँको मत