स्वास्थ्य

काेराेनाबाट विश्वभर ७ लाख ६३ हजार जनाकाे मृत्यु, ६४ हजार जनाकाे स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६४ लाख ४५ हजार ४९९ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ४१ लाख ४५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड १३ लाख ५४ हजार नाघेको छ भने मृतकको संख्या ७ लाख ६३ हजार ३५३ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६४ हजार ५६५ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ५४ लाख ७६ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ७१ हजार ५३५ जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार २१७९ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २८ लाख ७५ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २५ लाख २५ हजार २२२ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ४९ हजार १३४ जनाको ज्यान गइसकेको छ । जसमध्ये १८ लाख ७ हजार ५५६ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २५ हजार ५५१ जना पुगेका छन् भने १७ हजार ७७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९९ पुगेको छ भने ८ हजार ३७५ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत